‘पुष्पा–२’ को ट्रेलर नोभेम्बर १५ मा पटनामा रिलिज हुने, ६ सहरमा प्रमोसन
हैदराबाद । बहुप्रतीक्षित चलचित्र ‘पुष्पा–२’ रिलिजको तयारीमा छ । अभिनेता अल्लु अर्जुनले फिल्मको प्रमोशनको जिम्मा लिएका छन् ।
एक रिपोर्टका अनुसार अल्लु अर्जुन रश्मिका मन्दाना र पूरै टिमसँग छिट्टै ६ सहरमा फिल्मको प्रमोसन गर्दैछन् । फिल्म डिसेम्बर ५ मा रिलिज हुँदैछ भने यसको ग्लोबल स्पेशल प्रिमियर डिसेम्बर ४ मा हुनेछ ।
पिंकभिलाको रिपोर्टका अनुसार अल्लु अर्जुनले नोभेम्बर १५ देखि १५ दिनको लागि पटना, कोच्ची, चेन्नई, बैंगलुरु, मुम्बई र हैदराबादको भ्रमण गर्नेछन्। यो अवधिमा उनले चलचित्रको प्रचारप्रसार गर्नेछन् । सबै कुरा मिल्यो भने फिल्म पुष्प–२ को ट्रेलर पटनामा रिलिज गरिने भएको छ ।
फिल्ममा कुनै कमी नहोस् भन्नका लागि पुष्प–२ को टोलीले हरेक तहमा चलचित्रको प्रचार प्रसार गर्न चाहेको रिपोर्टमा उल्लेख छ । डिसेम्बर ५ मा हलमा रिलिज हुने फिल्मले ठुलो सफलता हासिल गरोस् भन्ने फिल्मका निर्माताहरू चाहन्छन् । उनीहरू यो भारतीय सिनेमामा सबैभन्दा धेरै कमाउने फिल्म बन्न चाहन्छन् ।
यस फिल्मको रिलिज मिति पटक पटक परिवर्तन गरिएको छ । यसअघि डिसेम्बर ६ मा रिलिज गर्ने निर्णय भएको थियो । तर हालै निर्माण पक्षले फ्यानहरूलाई खुसी पार्दै रिलिज डेट एक दिन अघि सारेका थिए ।
सन् २०२१ मा रिलिज भएको 'पुष्पा: द राइज' वर्षको सबैभन्दा धेरै कमाउने भारतीय फिल्म थियो। सबै संस्करणहरूसहित, यो फिल्मले भारतमा मात्र ३१३ करोड भारु र विश्वव्यापी रूपमा ३५० करोडको व्यापार गर्यो। सबैभन्दा धेरै कमाउने तेलुगु फिल्मको सूचीमा यो छैटौँ नम्बरमा छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजबाट चिसो र शीतलहर बढ्ने, सतर्क रहन प्राधिकरणको अनुरोध
-
राजनैतिक दलको विचार र अडानलाई सांसदले बोक्नुपर्छ : योगेश भट्टराई
-
मनमोहन सिंहको निधनमा भारतले साताव्यापी राष्ट्रिय शोक मनाउने
-
बक्सिङ डे टेस्टमा अस्ट्रेलिया बलियो स्थितिमा, भारतीय खेलाडीको हातमा कालो पट्टी
-
रुख कटानको अनुमतिसँगै सदरमुकाम निर्माणको बाटो खुल्यो
-
आचारसंहिता मिच्ने थप २ सञ्चारमाध्यम कालोसूचीमा