एडुले छाडे आर्सनल

लण्डन । एडुले आर्सनलको स्पोर्टिङ डाइरेक्टर पदबाट राजीनामा दिएका छन् । ब्राजिलियन पूर्वखेलाडी सन् २०१९ मा आर्सनलमा टेक्निकल डाइरेक्टर रूपमा आबद्ध भएका थिए । उनलाई सन् २०२२ को नोभेम्बरमा स्पोर्टिङ डाइरेक्टर पदमा पदोन्नति गरिएको थियो ।
४६ वर्षीय एडुले आर्सनलबाट सन् २००१ देखि २००५ सम्म व्यावसायिक फुटबल पनि खेलेका थिए । उनले सो क्रममा दुईवटा प्रिमियर लिगको उपाधि जितेका थिए । उनी सन् २००३–०४ को ‘इन्भिन्सिभल’ टोलीको सदस्य पनि थिए ।
‘यो निकै कठिन निर्णय थियो,’ सोमबार उनले भने, ‘अब नयाँ चुनौती सामना गर्ने समय आएको छ । आर्सनल सधैँ मेरो मनमा रहनेछ । म क्लब र यसका समर्थकहरुलाई शुभकामना दिन चाहन्छु ।’
मिकेल आर्टेटालाई क्लबको म्यानेजरका रूपमा भित्र्याउन पूर्वमिडफिल्डरले ठुलो भूमिका खेलेका थिए । आर्टेटाको पहिलो सिजनमा नै क्लबले एफए कपको उपाधि जितेको थियो ।
त्यसयता क्लबले उपाधि जित्न नसके पनि टोलीलाई उपाधि दाबेदार बनाउन ठुलो भूमिका खेलेको श्रेय एडुलाई दिइन्छ । आर्सनल पछिल्ला दुई सिजन प्रिमियर लिगमा म्यानचेस्टर सिटीपछि उपविजेता बनेको थियो ।
उनकै पालमा कप्तान मार्टिन ओडेगार्ड, बेन ह्वाइट, ग्याब्रियल, ग्याब्रियल जिसुस र डेक्लन राइस जस्ता खेलाडी क्लबमा भित्रिएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यार्थीका सिर्जनामा स्वयम्भूका सभ्यता, संस्कृति र सम्पदा
-
९१ वटा कृषि फार्म र सहकारीलाई तीन करोड अनुदान
-
धरानलाई हराउँदै काठमाडौँ फाइनलमा प्रवेश
-
यस्तो देखियो नेपालले हार्दा, तस्बिरहरु
-
राप्रपाको युवा संगठनद्वारा विरोध प्रदर्शन, रामहरि खतिवडाको पुत्ला दहन
-
प्रचण्डमा तीव्र निराशा र छटपटाहट देखिन थाल्योः शंकर पोखरेल