‘ह्रस्व दीर्घ’ जापानको १४ सहरमा प्रदर्शन हुने

काठमाडौँ । कार्तिक ३० गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘ह्रस्व दीर्घ’ले जापानमा राम्रो शो पाउने भएको छ । जापानका टोकियो ,नारिएता, नागोया, फुकुओका, ओशाका, कोबे, क्योतो, सिजुओका, निगाता, ओकिनावाकालगायत विभिन्न चौधवटा सहरमा ‘ह्रस्व दीर्घ’ प्रदर्शन हुने भएको छ ।
नेपाल र इन्डियाका कलाकारको अभिनयका कारण राम्रो हाइप बनाइरहेको फिल्मले जापानमा राम्रो शो पाउने भएको हो । फिल्म ‘ह्रस्व दीर्घ’लाई चन्द्र पन्तले निर्देशन गरेका छन् । फिल्ममा निता ढुङ्गाना, हरिहर अधिकारी, बिपना थापालगायत कलाकारको अभिनय छ ।
‘ह्रस्व दीर्घ’मा दक्षिण भारतीयदेखि नेपालका धेरै स्थापित कलाकारले काम गरेका छन् । दक्षिण भारतीय कलाकार ब्रह्मानन्दम, सुनील वर्माले अभिनय गरेका छन् ।
निता फिल्मस्को प्रस्तुतिमा निर्माण भएको फिल्मको कार्यकारी निर्माता धनन्जय गलानी हुन् । फिल्ममा हरिहर अधिकारी, निता ढुङ्गाना, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, बिपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसीलगायतका कलाकारको अभिनय रहेको छ ।
अभिनेता हरिहर अधिकारीको कथा र प्रतीक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको फिल्मलाई बलिउडका चर्चित सिनेमाटोग्राफर कबिरलालले खिचेका हुन् ।
यसअघि केही भोजपुरी सिनेमाको निर्देशन तथा करिब पाँच दर्जनभन्दा बढी नेपाली सिनेमामा द्वन्द्व निर्देशकको रूपमा काम गरिसकेका पन्तको यो निर्देशकीय डेव्यु नेपाली सिनेमा हो ।
अभिनेत्री निता ढुंगानाको लगानी निर्माण भएको यो सिनेमा नेपाली, तेलुगु र हिन्दी गरी तीन भाषामा रिलिज हुनेछ । फिल्म मनोज राठी र उज्वल पौडेलको व्याङ्कटेस इन्टरटेनमेन्ट वितरण गर्दै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुकुम्लुङ घटनाबारे छलफल गर्न मधेशी मोर्चाले बोलायो बैठक
-
नेपालमा शङ्कास्पद गतिविधि संलग्न ७ जना बंगलादेशी नागरिक पक्राउ
-
सेनाले भन्यो– ‘रुख काट्ने प्रक्रिया पुरा गर्न ११ महिना लाग्छ’
-
ज्ञानेन्द्रको अभिव्यक्तिले तात्यो संसद् : माओवादी मौन, कांग्रेस एमालेको प्रतिवाद
-
नेप्सेको प्रमुख कार्यकारी अधिकृत छान्न अर्थ मन्त्रालयले बनायो समिति
-
‘जेन–जी’को युगमा ‘जेरोन्टो’को नेतृत्व