बिहीबार, ११ पुस २०८१
ताजा लोकप्रिय

दसैँ–तिहारमा झन्डै १ करोड बराबरको अवैध सामान बरामद

मङ्गलबार, २० कात्तिक २०८१, ०९ : १०
मङ्गलबार, २० कात्तिक २०८१

रौतहट। हिन्दुहरूको महान् पर्व बडादसैँदेखि तिहारसम्मको अवधिमा रौतहट स्थित प्रहरी गस्ती टोलीले झन्डै १ करोड मूल्य बराबरको भन्सार छलीको विभिन्न सामान बरामद गरेको छ। तस्करीको सामान ओसारपसारमा प्रयोग गरिएको तथा काजगपत्र नभएको दर्जनौँ सवारी साधन प्रहरी गस्ती टोलीले बरामद गरेको हो। 

रौतहट प्रमुख एसपी दिलीप घिमिरेको निर्देशनमा गत असोज १ गते देखि कार्तिक १८ गते सम्म डेढ महिनाको अवधिमा जिल्ला प्रहरी तथा मातहतको युनिटले कुल ९८ लाख,५७ हजार २७२ रुपैयाँ बराबरको अवैध भारतीय सामान बरामद  गरेको सूचना अधिकारी इन्स्पेक्टर उमाशङ्कर प्रसादले बताए।

सोही अवधिमा तस्करीमा प्रयोग गरिएको तथा कागजपत्र नभएको ३९ थान मोटरसाइकल १ थान साइकल र दुईथान जिप बरामद गरी जिल्ला भन्सार कार्यालय गौरमा दाखिला गरिएको छ। त्यस्तै तस्करीमा संलग्न २० जना मानिस ,विभिन्न मुद्दाका फरार ५७ जना फरार प्रतिवादी र लागु औषध मुद्दामा संलग्न ४ जनालाई पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याइएको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप