कारसहित पोखरीमा डुबेका दुई जनाको खोजीका लागि गोताखोर परिचालन

सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका–२ मियाँखोरस्थित पोखरीमा दुई यात्रुसहितको कार डुबेपछि त्यसको खोजीको लागि सशस्त्र प्रहरीको गोताखोर परिचालन गरिएको छ ।
उद्धार र खोजी कार्यका लागि सुरक्षा बेस सागरनाथबाट र ईप्रका केशरगंजबाट समेत सुरक्षा फौज खटिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शौलेन्द्र थापाले जानकारी दिए ।
सर्लाहीको बयलवासबाट महोत्तरीको गौशाला जाँदै गरेको लु२च ६७५८ नम्बरको कार अनियन्त्रित भई आज बिहान सर्लाहीकै ईश्वरपुर नगरपालिका–२ मियाँखोरस्थित पोखरीमा डुबेको थियो ।
कारमा गौशाला नगरपालिका–१० का अन्दाजी ३७–३८ वर्षीय सुरेश महतो र सोनवा गाउँपालिका–८ का ३७ वर्षीय रामाकान्त ठाकुर सवार रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
कारमा सवार अर्का व्यक्ति महोत्तरीको गौशाला –२ का अन्दाजी ३१ वर्षीय जनक यादव पौडिएर बाहिर निस्कन सफल भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायली सेनाले आक्रमणबाट गाजा पट्टीमा ३४ प्यालेस्टिनीहरू मारिए
-
‘राजा फर्काउने’ भनिएको मोर्चामा दुई राजावादी हस्तीलाई नै बाइपास ?
-
सुदूरपश्चिममा स्थानीय तहका कर्मचारीको आन्दोलन, आर्थिक गतिविधि प्रभावित
-
कमल थापाले पनि बोलाए केन्द्रीय कार्यसम्पादन समितिको बैठक
-
राप्रपाको ‘अर्थपूर्ण’ केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
-
चोलेन्द्रविरुद्धको महाभियोग अलपत्र पर्दा रोकिए सात फैसलाका पूर्णपाठ