अनियन्त्रित कार पोखरीमा डुब्यो, दुईजना बेपत्ता

सर्लाही । सर्लाहीको बयलवासबाट महोत्तरीको गौशाला जाँदै गरेको लु२च ६७५८ नम्बरको कार अनियन्त्रित भई सर्लाहीकै ईश्वरपुर नगरपालिका–२ मियाँखोरस्थित पोखरीमा आज विहान डुबेको छ ।
कारमा गौशाला नगरपालिका–१० का अन्दाजी ३७–३८ वर्षीय सुरेश महतो र सोनवा गाउँपालिका–८ का ३७ वर्षीय रामाकान्त ठाकुर सवार रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार कारमा सवार अर्का व्यक्ति महोत्तरीको गौशाला –२ का अन्दाजी ३१ वर्षीय जनक यादव पौडिएर बाहिर निस्कन सफल भएका थिए ।
घटनालगत्तै खोजी तथा उद्धारका लागि पुगेको प्रहरी टोलीले बेपत्ता भएका दुई जनालाई फेला पार्न नसकेपछि बर्दिबासस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनीबाट गोताखोर टोली बोलाएको प्रवक्ता प्रनाउ श्रेष्ठले जानकारी दिए।
कार अनियन्त्रित भएर सडक छेउमा रहेको सरस्वती उच्च माध्यामिक विद्यालयको पोखरीमा गएर डुबेको स्थानीयको भनाइ छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिटिजन्स बैंकको नयाँ अफर, आईफोन १६ जित्ने अवसर
-
संसद्को शून्य समयमा जनार्दन शर्माले उठाए ५ विषय
-
मधेसी दलितलाई सामाजिक बहिष्करणको चक्रब्यूबाट निकाल्नुपर्छ : सांसद खान
-
धनुषामा दुईपक्षीय झडप, प्रहरीद्वारा अश्रुग्यास प्रहार
-
सुनिता र बुचलाई फिर्ता ल्याउन क्रू-१० टोली आईएसएस पुग्यो
-
जगदम्बा मोटर्स र भारतीय राजदूतावासको सहकार्यमा अपांगता भएका व्यक्तिहरूलाई सहयोग