भारतीय प्रधानमन्त्री मोदीद्वारा क्यानाडाको हिन्दु मन्दिरमा भएको आक्रमणको निन्दा

नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार क्यानाडाको एउटा हिन्दु मन्दिरमा भएको ‘जानाजानी आक्रमण’को निन्दा गरेका छन् ।
“म क्यानाडाको हिन्दु मन्दिरमा जानाजानी भएको आक्रमणको कडा निन्दा गर्दछु”, उहाँले सामाजिक सञ्जाल एक्समा एक विज्ञप्तिमा भने, “हाम्रा कूटनीतिज्ञहरूलाई डराउने कायरतापूर्ण प्रयासहरू पनि त्यस्तै भयावह छन् ।”
क्यानाडा भारत बाहिरको सबैभन्दा ठुलो सिख समुदायको घर हो र यसमा ‘खालिस्तान’ का कार्यकर्ताहरू समावेश छन् । खालिस्तान भारतीय क्षेत्रबाट कोरिएका धार्मिक अल्पसङ्ख्यकहरूका लागि स्वतन्त्र राज्यको खोजी गर्ने एउटा पृथकतावादी आन्दोलन हो ।
ओटावाले भारत सरकारले सन् २०२३ मा भ्यानकुभरमा ४५ वर्षीय क्यानाडाली नागरिक हरदीप सिंह निज्जरको हत्या गरेको आरोप लगाएपछि भारत र क्यानाडाबीचको सम्बन्ध बिग्रिएको छ ।
भारतको विदेश मन्त्रालयले क्यानाडाको आरोपलाई बारम्बार अस्वीकार गरेको छ र नयाँदिल्लीले ओटावालाई दशकौँदेखि धार्मिक चरमपन्थीहरूलाई शरण दिएको आरोप लगाएको छ ।
यद्यपि उग्र कूटनीतिक विवादमा मोदीको यो पहिलो टिप्पणी थियो । “हिंसाका यस्ता कार्यहरूले भारतको सङ्कल्पलाई कहिल्यै कमजोर पार्दैन । हामी क्यानाडा सरकारले न्याय सुनिश्चित गर्ने र विधिको शासन कायम राख्ने अपेक्षा गर्दछौँ”, उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशलाई समृद्ध बनाउने मुख्य आधार युवा जनशक्ति : स्वास्थ्यमन्त्री पौडेल
-
झापा–११ सेमिफाइनलमा प्रवेश
-
इटहरी गोल्डकपः उपाधि काठमाडौंको मच्छिन्द्र क्लबलाई
-
युरोपेली आगोगकी अध्यक्ष भोन डेर लेयेनले आगामी हप्ता भारत भ्रमण गर्ने
-
राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा
-
संविधान कार्यान्वयनलाई सहज बनाउन संशोधन गर्नुपर्छ : कोइराला