ओली सरकारका कारण सीमावर्ती क्षेत्रका नागरिकले दुःख पाएः साह

रौतहट । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले सीमावर्ती क्षेत्रका नागरिकलाई भन्सार छलीको नाममा दुःख दिनुका साथै निजी सम्पत्ति लुट्ने गरेको आरोप लगाएका छन् ।
दीपावली तथा छठ पर्वको अवसरमा आज रौतहटको घिऊरामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले केपी ओली नेतृत्वको सरकारकै कारण सीमावर्ती क्षेत्रका नागरिकले दुःख पाइरहेको बताए ।
‘नेपालको सीमा क्षेत्रमा बसोबास गर्ने नेपालीले भारतबाट घरेलु जफत गर्ने, कब्जा गर्ने काम प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले गरिरहेको छ,’ साहले भने, ‘सीमावर्ती क्षेत्रमा भन्सार नखोल्ने, भएको भन्सार कार्यालयको स्तरोन्नति नगर्ने वर्तमान सरकारले केवल सीमावर्ती क्षेत्रका नागरिकलाई दुख मात्रै दिइरहेको छ । सीमावर्ती क्षेत्रका नागरिकलाई भन्सार कार्यालय दिनुपर्यो । उनीहरू कुनै समान ल्याइरहेका छन् भने उनीहरूबाट भन्सार लिनु, नकि उनीहरुको निजी सम्पत्ति नै जफत गर्ने अधिकार यो सरकारलाई छैन ।’
कमिसनको लोभमा निजी सम्पत्ति कब्जा गरिएको बताउँदै उनले त्यसको हिस्सा तलदेखि माथिसम्मकाले बाँडेर खाने गरेको आरोप उनले लगाए । सीमावर्ती क्षेत्रका नागरिकको निजी सम्पत्ति जफत गरेर भन्सारको कानूनमार्फत ४५ प्रतिशत कमिसन खाने व्यवस्थाको अन्त्य हुनुपर्ने बताउँदै उनले यसका विरुद्धमा कडा आन्दोलनको आवश्यकता भएको बताए ।
प्रधानमन्त्री ओलीले शान्ति सुरक्षा कायम गर्न असफल भएको दाबी गर्दै उनले अहिले सबै क्षेत्रमा सरकारकारी आतङ्क मच्चाइएको बताए । उनले विभिन्न ठुला काण्डमा मुछिएका सत्तारुढ दलका नेतालाई जोगाउने काम ओली सरकारले गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति रिक्त, सर्च कमिटी नै बन्न सकेन
-
राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान
-
कर्णालीका शिक्षामन्त्रीले संघीय सरकारलाई भने, ‘शिक्षकका जायज माग सम्बोधन गरेर आन्दोलनबाट फर्काउनुस्’
-
नेप्से ९.७५ अंकले वृद्धि, कारोबार घट्यो
-
प्रभु बैंकको सीईओका रुपमा शेरचनले २०८३ माघसम्मै काम गर्न पाउने, सर्वोच्चले दियो अन्तरिम आदेश
-
चीनको १२५ प्रतिशतको जवाफमा अमेरिकाले लगायो २४५ प्रतिशत ट्यारिफ