अमेरिकाले बी–५२ बमवर्षक विमान तैनाथ गरेकोमा इरानको आपत्ति

तेहरान । इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माईल बघाईले इरानमा बी–५२ बमवर्षक विमान तैनाथ गरिएपछि अमेरिकाको आलोचना गरेका छन् । “यस क्षेत्रमा अमेरिकाको अस्थिर उपस्थिति भएको हाम्रो बुझाई रहेको छ,” बाघाईले एक पत्रकार सम्मेलनमा भने ।
“यसले आफ्नो रक्षा गर्ने (इरानको) सङ्कल्पलाई रोक्न सक्दैन,” उनले भने । अमेरिकी सेनाले शनिबार मध्यपूर्वमा बी–५२ बमवर्षक विमान तैनाथ गरिने चेतावनी इरानलाई दिएको छ ।
अक्टोबर १ मा इरानले गरेको क्षेप्यास्त्र आक्रमणको बदलामा इजरायलले इरानसमर्थित लडाकू नेता र रिभोल्युसनरी गार्डका कमाण्डरको हत्या गरेको थियो भने यसको बदलामा पुनः इजरायलले इरानविरूद्ध आक्रमण गरेको थियो ।
उक्त आक्रमणमा परी कम्तीमा चार सैनिकको मृत्यु हुनुका साथै केही राडार प्रणालीमा ‘सीमित क्षति’ पुगेको अधिकारीहरूले बताएका छन् । इरानी सञ्चारमाध्यमले पनि एक जना सर्वसाधारणको मृत्यु भएको जनाएका छन् ।
बघाईले इरानको प्रतिक्रिया ‘निश्चित र निर्णायक’ हुने बताएका छन् । इरानसमर्थित हमास र हिजबुल्लाह सशस्त्र समूहसँग इजरायल युद्धरत गाजा र लेबनानमा युद्धविरामका लागि दबाब दिन इरानले ‘सबै पहल र प्रयास’लाई समर्थन गरेको उनले बताए ।
इजरायलले अक्टोबर २६ मा इरानको प्रतिरक्षा क्षमता र क्षेप्यास्त्र उत्पादनलाई लक्षित गरी आक्रमण गरेको बताएको थियो। सोमबार इरानका राष्ट्रपति मसूद पेजेशकियानले इरानसँग क्षेप्यास्त्र रहेको भन्दै इजरायलले हामीमाथि आक्रमण गर्ने आँट नगर्ने बताएका थिए ।
पत्रकार सम्मेलनमा बघाईले इरानले आणविक सिद्धान्त परिवर्तन नगर्ने र आणविक अस्त्रको अनुसरण नगर्ने आधिकारिक अडान यथावत रहेको बताए । इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीको हालैको सम्बोधनलाई उद्धृत गर्दै बघाईले इस्लामिक गणतन्त्र इरान आफ्नो रक्षाका लागि आवश्यक सबै कुराबाट सुसज्जित हुने बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीनकुने घटनामा ज्यान गुमाएका सविन महर्जनकी छोरीलाई निःशुल्क शिक्षा
-
विस्काः जात्रामाथि विचार–मन्थन
-
भरुवा बन्दुक सहित कपिलवस्तुबाट एकजना पक्राउ
-
सङ्घीय व्यवस्थालाई मितव्ययी बनाउन संविधान संशोधन जरूरी देखियो : सांसद आचार्य
-
विसं २०८१ : स्वदेशी ६२, विदेशी ८४ चलचित्र प्रदर्शन, कति भयो कारोबार ?
-
किसानलाई पचास प्रतिशत अनुदानमा कृषि उपकरण