मेक्सिकोमा भेटियो हराएको माया सहर

मेक्सिको सिटी । शताब्दीयौंदेखि मेक्सिकोको जङ्गलमा हराइरहेको माया सभ्यताको शहर खोजिएको छ । यो पुरानो लुप्त सहर कुनै दिग्गज पुरातत्वविद्हरूले नभएर एक अनुसन्धान छात्रले पत्ता लगाएका हुन् ।
पीएचडीका विद्यार्थी ल्यूक औल्ड–थोमसले पुरानो डाटाको पुनः विश्लेषण गरेपछि संयोगवश सहर पत्ता लगाएका थिए । उनले यसअघि अरु पुरातत्वविद्हरूले नदेखेका पिरामिड, पुल, एम्फीथिएटर र खेल मैदानहरू पनि पत्ता लगाएका छन् ।
सहर लेजर सर्वेक्षणको एउटा प्रकार भनिने लाइडारको प्रयोग गरेर पत्ता लगाइएको थियो । यो निकै ठुलो सहर थियो । ७५० देखि ८५० ईस्वीको बिचमा आफ्नो उत्कर्षमा भएको समयमा यसमा ५० हजारभन्दा धेरै घर रहेको हुन सक्ने अनुमान गरिएको छ । सहरको नाम वेलेरियाना राखिएको छ । सहर शताब्दीयौंदेखि मेक्सिकोको जंगलमा लुकेर बसेको थियो ।
उत्तरी एरिजोना विश्वविद्यालयका मानवशास्त्री ल्यूक औल्ड–थोमसले लाइडार नामक अत्याधुनिक लेजर म्यापिङको प्रयोग गरेर दक्षिण–पूर्वी मेक्सिकन राज्य क्याम्पेचेमा यो सहर पत्ता लगाएका हुन् । लामो समयसम्म, माया सभ्यताको नमुना जम्मा केही सय वर्ग किलोमिटर मात्र रहेको अनुमान गरिएको थियो । सो नमुना पनि पुरातत्वविद्हरूले धेरै मेहनत गरेपछि मात्रै हासिल गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी घोषणाको ७ वर्षपछि प्रदेशमै निःशुल्क डायलासिस सेवा, विरामीलाई बल्ल राहत
-
झापा गोल्डकप : भुटानको डागा युनाइटेड सेमिफाइनलमा
-
एकै पल्ट २३ सय ८५ जना प्रहरी सहायक हवल्दारको सरुवा
-
रातोपाटी ब्रिफिङ : राजसंस्थाको नारा बोकेर राप्रपा सडकमादेखि नो केबलकार समूह’लाई सरकारले बोलायो वार्तामासम्म
-
मधेसमा प्रचण्ड : उत्साह कि बाध्यता ?
-
राजसंस्था पुनर्स्थापनाको एजेन्डा बोकेर राप्रपा सडकमा