दिनहुँ चिसो पानीले नुहाउँदा लाभ वा हानी के हुन्छ ?
काठमाडौँ । धेरै मानिसहरू चिसो पानीले नुहाउन मन पराउँछन् । यस्तो गर्नु कयौँको दिनचर्या नै पनि हुन्छ ।
चिसो पानीले नुहाउने सम्बन्धमा मानिसहरूको फरक फरक धारणा हुन सक्छ । कोही चिसो पानीले नुहाउनु हुँदैन भन्छन् भने कोही चिसो पानीले नुहाउनुका फाइदा अचम्मका छन् भनेर पनि भन्छन् ।
चिसो पानीले नुहाउनु स्वास्थ्यवर्धक बानी भए पनि आफ्नो शरीरको अवस्था र मौसम अनुसार यसलाई अपनाउनुपर्छ । नियमित रूपमा चिसो पानीले नुहाउनु हुन्छ भने तपाईँको प्रतिरक्षा प्रणाली बलियो हुनुपर्छ अनि चिसो र रुघाखोकीबाट बच्नेबारे सावधान पनि रहनुपर्छ । हरेक दिन चिसो पानीले नुहाउनुका फाइदा वा बेफाइदा के के छन् ? तपाईँलाई थाहा छ ?
चिसो पानीले नुहाउँदाका फाइदाहरू:
शारीरिक ऊर्जामा वृद्धि
चिसो पानीले शरीरलाई ऊर्जा प्रदान गर्न मद्दत गर्छ । चिसो पानीले नुहाउँदा रक्तसञ्चार प्रणाली सक्रिय हुन्छ, जसले ताजापन र ऊर्जा दिन्छ ।
प्रतिरक्षा प्रणाली बलियो बनाउँछ
नियमित रूपमा चिसो पानीले नुहाउँदा रोग प्रतिरोधात्मक क्षमता बलियो हुन्छ । यसले शरीरलाई ज्वरो, चिसो र अन्य रोगसँग लड्न मद्दत गर्छ ।
मानसिक स्वास्थ्यमा सुधार
चिसो पानीले नुहाउनु मानसिक स्वास्थ्यका लागि पनि फाइदाजनक हुन्छ । यसले तनाव र चिन्ता कम गर्छ र मानसिक स्पष्टता बढाउँछ ।
छाला र कपालका लागि फाइदाजनक
चिसो पानीले छालालाई कसिलो र चम्किलो बनाउँछ । कपालको क्यूटिकल बन्द गरेर यसले कपाललाई बलियो र चम्किलो बनाउँछ ।
तौल घटाउन मद्दत गर्छ
चिसो पानीले नुहाउँदा शरीरको मेटाबोलिजम बढ्छ, जसले तौल घटाउन मद्दत गर्छ ।
चिसो पानीले नुहाउँदाका लाभहरू मात्रै छैनन् । यसका केही नकारात्मक असरहरू पनि छन् । जुन यस प्रकार रहेका छन्:
चिसो र फ्लूको जोखिम
चिसो पानीले नुहाउँदा रुघाखोकी र फ्लू जस्ता रोगहरूको जोखिम बढ्छ । विशेष गरी रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाहरूले चिसो पानीमा नुहाउँदा रुघा खोकीले समाती हाल्छ ।
पिसाबको समस्या
कतिपयलाई चिसो पानीले नुहाउँदा पिसाबको समस्या समस्या हुन सक्छ ।
पीडा र मांशपेशी बटारिने
चिसो पानीले नुहाउँदा केहीलाई मांसपेशी दुखाइ वा बटारिने समस्या हुन सक्छ । खासगरी पहिलादेखि नै कुनै चोट वा समस्याबाट पीडित भएकाहरूलाई यसले थप पीडा दिन सक्छ ।
(अस्वीकरण: यो सामाग्रीले सामान्य जानकारी मात्र प्रदान गर्दछ ।)