बीपी राजमार्ग एकतर्फी सञ्चालनमा
काठमाडौँ । बर्सातका कारण सडकमा लेदो थुप्रिएपछि बीपी राजमार्ग एकतर्फी मात्रै सञ्चालनमा आएको छ ।
सोमबार बिहान परेको अविरल वर्षाले बीपी राजमार्गको काभ्रे भन्ज्याङदेखि भकुन्डे बेसीको बिच सडक खण्डमा लेदो झरेर थुप्रिएकाले सडक एकतर्फी बनेको काभ्रेपलान्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले रातोपाटीलाई जानकारी दिए।
‘आज बिहानैदेखि परेको पानीले काभ्रे भञ्ज्याङदेखि भकुन्डेसम्मको एक स्थानमा माथिबाट लेदो झरेर थुप्रिएको छ । अहिले सवारी एकतर्फी सञ्चालन भइरहेको छ,’ उनले भने, लेदो हटाउन स्काभेटर पठाइसकेका छौँ । साँझसम्म दुईतर्फी नै सञ्चालनमा आउँछ ।’
सोमबार साँझसम्म दुईतर्फी सञ्चालनमा आउने उनको भनाइ छ । गत असोजको दोस्रो साता परेको अविरल वर्षासँगै आएको बाढीका कारण यस सडक खण्ड तहसनहस बनेको थियो ।
चाडपर्वको मुखैमा तहसनहस भएको यो सडक खण्ड तत्काल स्थायी रूपमा निर्माण गर्न नसकिने भएपछि अस्थायी रूपमा पुनः निर्माण गरी सञ्चालनमा आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भटमास र सूर्यमुखी तेलको निर्यात बढ्यो
-
स्वीडेनको मुख्य शहर ओरेब्रोस्थित स्कुलमा गोलीबारी, आक्रमणकारीसहित १० को मृत्यु
-
स्याङ्जाको अर्जुनचौपारीमा ‘नेपालकै पहिलो’ नवग्रह मन्दिर
-
दशौँ राष्ट्रिय खेलकूद : सुदूरपश्चिमको छनोट धनगढी र महेन्द्रनगरमा
-
१२ बजे, १२ समाचार : झापामा गोली चल्योदेखि रविविरुद्ध चितवनमा पनि मुद्दा दायरसम्म
-
कांग्रेसका जनप्रतिनिधिले हरेक २ महिनामा प्रगति विवरण पार्टीलाई बुझाउनु पर्ने