के हो अञ्जीर खाने सही तरिका ?

काठमाडौँ । हिजोआज हामीमध्ये धेरै जना स्वस्थ रहन आफ्नो आहारमा सकेसम्म धेरै भिटामिन र खनिज समावेश गर्ने प्रयास गर्छाैं । तर आफ्नो आहारमा सबै पोषक तत्त्व समावेश गर्न कतै न कतै हामी छुट्छौँ ।
त्यसैले आफ्नो थालमा स्वास्थ्य खजानाले भरिपूर्ण कयौँ खानेकुरा समावेश गर्नु आवश्यक छ । ड्राई फ्रुट्सको बारेमा त तपाई हामीलाई थाहै छ । सबै प्रकारका ड्राई फ्रुटका आ–आफ्नै फाइदा छन् ।
अञ्जीर खासगरी वर्षात्को मौसममा पाइन्छ । तर बजारमा सुकेको अञ्जीर जतिबेला पनि किन्न पाइन्छ । यस्ता अञ्जीर त्यत्तिकै खानुभन्दा भिजाएर खानुका लाभ धेरै छन् । भिजाइएको अञ्जीर स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । भिजाउँदा यसमा पाइने भिटामिन र मिनरल्सले पाचन प्रणालीमा राम्रोसँग काम गर्ने भएकोले पनि अञ्जीरलाई धेरैले भिजाएर मात्रै खान्छन् ।
अञ्जीर पोटासियमको धेरै राम्रो स्रोत हो । यसमा पाइने पोटासियमले हाई ब्लड प्रेसरलाई नियन्त्रण गर्छ । यसमा पाइने फिनोल, ओमेगा–३, ओमेगा–६ फ्याटी एसिडले मानिसलाई मुटु रोगबाट बचाउँछ । पोटासियमबाहेक अञ्जिरमा क्याल्सियम, फस्फोरस र म्याग्नेसियम पनि प्रशस्त मात्रामा पाइन्छ । यसमा पाइने फाइबरले पेटसम्बन्धी समस्यामा निकै फाइदा गर्छ । यसका साथै यसले तौल घटाउनमा पनि महत्त्वपूर्ण भूमिका खेल्छ । तर मधुमेहका बिरामीले भने सीमित मात्रामा मात्रै अञ्जीरको सेवन गर्नुपर्छ ।
(अस्वीकरणः यो सामग्रीले सामान्य जानकारीका लागि मात्रै दिइएको हो । यसलाई प्रयोगमा ल्याउनु अघि एक पटक चिकित्सकसँग परामर्श गर्नु होला ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुण्डेस लिगामा शीर्ष क्लब बायर्न र बायरलाई झट्का
-
ला लिगा : बार्सिलोना उपाधि उन्मुख, रियालसँग अंकदुरी थप बढ्यो
-
प्रिमियर लिग : म्यान्सिटीको फराकिलो जित, आर्सनल रोकियो बराबरीमा
-
वैशाख २ गते बोडेका २८ वर्षीय सुजनले तेस्रोपटक जिब्रो छेडेर जात्रा चलाउने
-
बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध बुटवल-नारायणगढ सडक सञ्चालन
-
आईपीएल क्रिकेट : हैदरावादको हार श्रृंखलामा ब्रेक, गान्धी स्टेडियममा पञ्जाब हार्यो