दिनमा १०० खिल्ली चुरोट पिउने शाहरुखले छाडे धूम्रपान, भने- श्वास फेर्न समस्या भइरहेको छ

मुम्बई । बलिउडका बादशाह शाहरुख खान वर्षौंदेखि चेन स्मोकर हुन् । शाहरुख आफैले एक अन्तर्वार्तामा आफू दिनमा १०० खिल्ली चुरोट पिउने गरेको बताएका थिए । तर, अब वर्षौंपछि उनले चुरोट छोड्ने निर्णय गरेका छन् ।
हालै आफ्नो ५९ औं जन्मदिनको विशेष अवसरमा एक कार्यक्रममा सहभागी भएका शाहरुखले फ्यानसँग कुरा गर्दै आफूले चुरोट छोडेको बताएका थिए । तर, यसका कारण उनी केही स्वास्थ्य समस्या झेलिरहेका छन् ।
गत शनिबार शाहरुख खान आफ्नो जन्मदिनमा बान्द्राको रंगमन्दिर अडिटोरियममा आयोजित कार्यक्रममा सहभागी भए । यही क्रममा उनले स्टेजमा भने, ‘अर्को राम्रो कुरा छ साथीहरू । अब म चुरोट पिउँदिन ।’
चुरोट छोडेपछि आफूलाई सास फेर्न समस्या नहोला भन्ने लागेको तर त्यस्तो नभएको शाहरुखले खुलाए । उनले भने, ‘मलाई श्वास फेर्न समस्या नहोला भन्ने लागेको थियो तर अहिले पनि त्यो महसुस गरिरहेको छु । आशा गरौँ यो पनि समयसँगै ठीक हुनेछ।’
केही वर्षअघि नै शाहरुखले आफ्ना सन्तान आर्यन, सुहाना र अबरामका लागि चुरोट छोड्न चाहेको बताएका थिए ।
शाहरुख खानसँग फिल्म कोयलामा काम गरेका अभिनेता प्रदीप रावतले हालै सिद्धार्थ कननलाई दिएको अन्तर्वार्तामा भनेका थिए कि शाहरुख चेन स्मोकर हुन् । उनले भनेका थिए, ‘छायाङ्कनको क्रममा म शाहरुखसँग धेरै नजिक थिइनँ, तर उनी निकै राम्रो स्वभावका व्यक्ति हुन् । मलाई एउटा कुरा याद छ कि शाहरुखले जति चुरोट पिउने गरेको मैले अरु कुनै अभिनेतालाई देखेको छैन । उनले एउटै चुरोटबाट आर्को चुरोट बालेर दोस्रो र तेस्रो चुरोट पिउने गर्थे । उनी एक वास्तविक चेन स्मोकर हुन्। तर फिल्मप्रति उनको समर्पणको कुनै सीमा छैन।’
सन् २०१२ मा शाहरुख खान आफ्नो टोली कोलकाता नाइट राइडर्स र राजस्थान रोयल्सबीचको खेल हेर्न आएका बेला सार्वजनिक स्थानमा धुम्रपान गरेको भन्दै जरिवाना लगाइएको थियो । यस क्रममा उनलाई स्टेडियममा सार्वजनिक रुपमा चुरोट पिइरहेको देखिए । यस्तो अवस्थामा जयपुरको अदालतले उनलाई दोषी ठहर गर्दै जरिवाना लगाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ववियु चुनावमा स्वतन्त्र उम्मेदवारको जित, तस्बिरहरू
-
यातायात व्यवस्था कार्यालय डुम्रेलाई साढे दुई करोड बराबरको जग्गा दान
-
पञ्चाङ्ग निर्णायक समितिको स्वीकृति नलिई प्रकाशन गरिने भित्तेपात्रो जफत गरिने
-
जलवायु परिवर्तनको असर न्यूनीकरणमा सामूहिक सहकार्य आवश्यकः परराष्ट्रमन्त्री राणा
-
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, अका एक घाइते
-
अब भन्सारमा जफत सामान ३ महिनाभन्दा बढी थन्काउन नपाइने