हिमालको खोँचमा भेटिए स्लोभाकियाका चर्चित पर्वतारोही, उद्धार अनिश्चित
काठमाडौँ । पाँच दिनदेखि लाङटाङ हिमालमा हराइरहेका स्लोभाकियन नागरिक भेटिएका छन् । हिमाल आरोहणका लागि गएका ३४ वर्षीय ओनरेज हुसर्के गोसाईंकुण्ड गाउँपालिका–३ को समुन्द्र सतहदेखि ७ हजार मिटरभन्दा धेरैको उचाइमा रहेको हिमालको ३० मिटरभन्दा बढी गहिरो खोँचमा भेटिएका हुन् ।
हवाई उद्धारका लागि गएको टोलीले उनले लगाएको लुगा, स्लिपिङ व्याग लगायतका आधारमा ती व्यक्तिको पहिचान गरे पनि उद्धार गर्न भने नसकेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) केशव भट्टराईले जानकारी दिए ।
‘उहाँ भएको ठाउँ चाहिँ पत्ता लगाइएको छ, तर, खोँचका फसेका कारण विशेषज्ञ टोली गएर मात्रै उद्धार हुनसक्ने अवस्था देखिएको छ । पर्वतारोहणमा यो एउटा एक्ट्रिम केस नै रहेछ,’ डीएसपी भट्टराई भन्छन्, ‘हिजो र आज मौसम खराब भएकोले हेलिकोप्टर जान पनि सकेको छैन, मौसम खुल्यो भने एक्सपर्ट टीम पठाएर उद्धार हुन्छ ।’ हुसर्के स्लोभाकियाका चर्चित पर्वतारोही हुन् ।
हराइरहेका अर्का पर्वतारोही चीज रिपब्लिकका ५० वर्षीय मारेक होलेसेक्का भने सम्पर्कमा आएका छन् । उनलाई स्वास्थ्य परीक्षणका लागि काठमाडौँ पठाइएको उनले जानकारी दिए । अर्का एक जना जर्मन नागरिक ४३ वर्षीया रोवर्ड जर्ज न्यू वरलालाई टोलीले उद्धार गरेर काठमाडौँ पठाइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यराति कालिकोटमा भूकम्पको धक्का
-
विद्युत प्राधिकरणको हेटौंडास्थित जिन्सी व्यवस्थापन शाखाबाट ११ करोडको सामान गायब
-
१२ बजे, १२ समाचार : बयानमा रविले गरे २६ प्रश्नको सामनादेखि रास्वपाद्वारा बालेनसँग सम्वाद गरेको स्वीकारसम्म
-
नासाको ‘पार्कर सोलार प्रोब’ सूर्यको सबैभन्दा नजिक पुग्यो
-
पोखराको फेवाताल किनारमा शनिबारदेखि सडक महोत्सव
-
बराहक्षेत्र मन्दिर परिसर बाढीको जोखिममा