सुजाताले सार्वजनिक गरिन् शेखर र शशांकलाई सँगै राखेर भाइटिका लगाएको तस्बिर
सोमबार, १९ कात्तिक २०८१, १२ : १९

काठमाडौँ । पूर्व उपप्रधानमन्त्री तथा कांग्रेस नेतृ सुजाता कोइरालाले परिवारका सदस्यहरूलाई भाइटीका लगाइदिएको फोटो सार्वजनिक गरेकी छन् । मंगलबार सुजाताले दाई प्रकाश कोइराला‚ डा श्रीहर्ष कोइराला‚ डा.शेखर कोइराला तथा भाइ शशांक कोइरालालाई भाइटिका लगाएको तस्बिर सार्वजनिक गरेकी हुन् ।
उक्त टिका कार्यक्रममा प्रकाश कोइरालाकी छोरी तथा वलिउड अभिनेत्री मनिषा कोइराला पनि सरिक भएकी थिइन् । प्रकाश कोइराला‚डा श्रीहर्ष कोइराला र डा.शशांक कोइराला वीपी कोइरालाका छोराहरू हुन् ।
डा.शेखर कोइराला भने केशव र नोना कोइरालाका छोरा हुन् । सुजता भने पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति गिरीजाप्रसाद कोइराला पुत्री हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कालीगण्डकी डाइभर्सनविरुद्ध तल्लो तटीय क्षेत्र, १० पालिकाको विरोध
-
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
झापाका किसान गहुँ खेती छोडेर मकैतर्फ आकर्षित
-
स्थानीय र पश्चिमी वायुमा थपियो भारतको न्यूनचापीय प्रणाली, सातै प्रदेशमा वर्षा हुने
-
महालक्ष्मीको बार आज कुन राशिलाई कस्तो फल ?
-
युरोपा लिगको सेमीफाइनल समीकरण पुरा : को-को पुगे अन्तिम चारमा ?