छठलाई भव्य र व्यवस्थित बनाउनमा ध्यान दिनुपर्छ : मन्त्री यादव

काठमाडौँ । खानेपानी मन्त्री प्रदीप यादवले छठलाई मध्यनजर गर्दै वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ स्थित नगवा पोखरीको स्थलगत निरीक्षण गरेका छन् । सोमबार बिहान उनले पोखरीको स्थलगत अनुगमन गरेका हुन् ।
सो क्रममा मन्त्री यादवले पोखरी क्षेत्रको सरसफाइ, सौन्दर्यीकरण र अधुरा संरचनाहरूको निर्माण कार्यलाई चाँडो सम्पन्न गर्न निर्देशन दिए । मन्त्री यादवले पोखरीलाई व्यवस्थित, आकर्षक र सुरक्षित बनाउन वीरगञ्ज महानगरपालिकाका कर्मचारीहरूलाई एकजुट भएर काम गर्न अनुरोध गरे ।
‘छठ हाम्रो सांस्कृतिक पहिचान र आस्थाको प्रतिविम्ब हो । यसलाई गरिमामय र सफल बनाउन वीरगञ्ज महानगरपालिका, धार्मिक संघ–संस्था र नागरिक समाजले एकताबद्ध प्रयास गर्नु जरुरी छ‚’ उनले भने । सरसफाइ तथा अन्य व्यवस्थापनमा कुनै पनि कमी नगर्न आग्रह गर्दै छठलाई भव्य र व्यवस्थित बनाउनमा ध्यान दिनुपर्ने बताए ।
मन्त्री यादवले समाजका हरेक व्यक्तिको सकारात्मक सहभागिताले विकास र समृद्धिलाई तीव्रता दिन सक्ने बताउँदै छठ जस्ता पर्वहरूले समाजप्रतिको दायित्व र सेवा भावलाई प्रोत्साहन गर्ने धारणा राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आर्सनल च्याम्पियन्स लिगको सेमीफाइनलमा, घेलु मैदानमा पनि हार्यो रियाल मड्रिड
-
प्रिमियर लिगको तेस्रो स्थानमा उक्लियो न्यूक्यासल
-
टेण्डर भएको तीन वर्षमा पनि निर्माण नभएपछि सडकमै रोपियो केराका बोट
-
आईपीएल : गुजरातलाई उछिन्दै शीर्ष स्थानमा उक्लियो दिल्ली
-
झापा भद्रपुरको राजस्व कार्यालयले नौ महिनामा गर्यो दुई अर्बबढी सङ्कलन
-
१२ बजे, १२ समाचार : ईयूको लिष्टमा सात देश ‘सुरक्षित’ घोषितदेखि प्रहरीका ७५ जना सई वरिष्ठ सईमा बढुवाका लागि सिफारिससम्म