बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

सिंघम अगेन भर्सेस भूल भुलैया ३ : बक्स अफिसमा कसको बोलबाला ?

सोमबार, १९ कात्तिक २०८१, ११ : ०१
सोमबार, १९ कात्तिक २०८१

मुम्बई । कार्तिक आर्यन र तृप्ति डिमरी अभिनित फिल्म ‘भूल भुलैया ३’ ले अजय देवगनको ‘सिंघम अगेन’ बाट ठुलो प्रतिस्पर्धाको सामना गरे पनि बक्स अफिसमा राम्रो सुरुवात गरेको छ । 

‘भुल भुलैया ३’ कार्तिक आर्यनको करियरको अहिलेसम्मकै सबैभन्दा ठुलो ओपनिङ साबित भएको छ । फिल्मले पहिलो दिन ३५.०५ करोड भारतीय रुपैयाँको कलेक्सन गरेको थियो । चलचित्रले दोस्रो दिन र तेस्रो दिन पनि बक्स अफिसमा आफ्नो गति कायम राखेको छ । 

दोस्रो दिन भुल भुलैया ३ को कलेक्शनमा थोरै उछाल आएको थियो । फिल्मले दोस्रो दिन ३६.०५ करोड कमाएको थियो । योसँगै दोस्रो दिनपछि फिल्मको कमाई ७२ करोड पुगेको छ । सकनिल्कको रिपोर्ट अनुसार भुल भुलैया ३ ले तेस्रो दिन पनि आफ्नो गतिलाई निरन्तरता दिएको छ ।

चलचित्रले तेस्रो दिन बक्स अफिसमा ३३.५ करोड कमाएको थियो। तेस्रो दिनको प्रारम्भिक कमाईसँगै फिल्मले सय करोडको आँकडा पार गरेको छ । 

भुल भुलैया फ्रेन्चाइजको यो तेस्रो फिल्मले दर्शकको निकै माया पाइरहेको छ । फिल्मले रिलिजको पहिलो हप्तामै १०६ करोड भारुको शानदार कलेक्सन गरेको छ ।

उता दीपावलीको अवसरमा मल्टिस्टारर फिल्म ‘सिंघम अगेन’ रिलिज भएको थियो । फिल्मले रेकर्ड ब्रेक कमाई गरिरहेको छ । फिल्मले पहिलो २ दिनमै विश्वभर १३२.५० करोड भारुको कलेक्सन गरेको थियो । 

तेस्रो दिन ‘सिंघम अगेन’ ले भारतमा अनुमानित ३५ करोड कमाएको छ । तेस्रो दिनको बक्स अफिस कलेक्सन सहित फिल्मले भारतमा मात्र १२१ करोड भारु कलेक्सन गरेको छ । 

‘सिंघम अगेन’ ले भारतमा पहिलो दिन ४३.५ करोड कमाएको छ । दोस्रो दिन फिल्मले ४२.५ करोड कमाएको थियो । तेस्रो दिन फिल्मले ३५ करोड भारु कमाइ गरेको अनुमान गरिएको छ । 

यसरी फिल्मले भारतमा तीन दिनमा १२१ करोड भारु कलेक्सन गरेको छ । अजय देवगनको यो पहिलो फिल्म हो, जसले ३ दिनमा १०० करोडभन्दा बढी कलेक्सन गरेको छ ।

रोहित शेट्टीको निर्देशनमा बनेको यो कप युनिभर्सको पाँचौँ र ‘सिंघम’ फ्रेन्चाइजको तेस्रो फिल्म हो। ‘सिंघम अगेन’ मा सलमान खानको पनि क्यामियो छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप