जुम्लामा राष्ट्रिय परिचयपत्र बनाउन टोली परिचालन

जुम्ला । सरकारले विभिन्न सेवा सुविधा लिनका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि यहाँ परिचयपत्र बनाउनेको सङ्ख्या बढेको छ । जिल्ला प्रशासन कार्यालयमा गत एक वर्षका अवधिमा ६ हजार पाँच सय ५६ जनाले राष्ट्रिय परिचयपत्र बनाएको प्रशासन शाखाका कम्प्युटर अपरेटर हेमन्त पुलामीले जानकारी दिए ।
कार्यालयको राष्ट्रिय परिचयपत्र शाखामा दैनिक ८० जनाभन्दा बढीको सङ्ख्यामा सेवाग्राही आउने गरेको कार्यालयले जनाएको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्म एक हजार दुई सय २९ जनाले राष्ट्रिय परिचयपत्र दर्ता गरेको जिल्ला प्रशासन कार्यालयका प्रजिअ रामबहादुर शाहीले बताए ।
यहाँका आठवटै स्थानीय तहका वडामै पुगेर राष्ट्रिय परिचयपत्र बनाउनेको टोलीसमेत खटाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । स्वदेशमा रोजगारीको सम्भावना नदेखेपछि विदेश जाने तयारीस्वरुप राहदानी लिने बढेको जिल्ला प्रशासन कार्यालयका राहदानी फाँटले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रघुजीलाई बधाई दिँदै विद्या भट्टराईले भनिन् - अबको यात्रा सार्वजनिक शिक्षाको सवलीकरणमा
-
एमालेले बाेलायाे संसदीय दलको बैठक
-
सार्वजनिक खरिद नियमावली चौधौँ संशोधन : ठुला आयोजना ईपीसी मोडलमा
-
राजावादीलाई प्रधानमन्त्रीको कटाक्ष : कुन तानाशाह ल्याउन खोजेको ?
-
युथ सेलिब्रेसनमा ओली : सरकारका बारेमा धेरै चिन्ता नगर्नु, मिसन ८४ मा लाग्नु
-
दलहरूभित्रको आन्तरिक लोकतन्त्र बलियो नभएसम्म देशको लोकतन्त्र सुदृढ हुँदैन : सांसद शर्मा