बार्सिलोनालाई ९ अङ्कको अग्रता

बार्सिलोना । नयाँ प्रशिक्षक हान्सी फ्लीकको नेतृत्वमा उत्कृष्ट फर्म जारी राख्दै बार्सिलोनाले ला लिगाको शीर्ष स्थानमा ९ अङ्कको अग्रता बनाउन सफल भएको छ । आइतबार राति भएको खेलमा एस्पानियोललाई ३–१ गोलले हराउँदै टोलीले साबिक विजेता रियल मड्रिडलाई पछि छाड्न सफल भएको हो ।
गत हप्ता एल क्लासिकोमा रियलमाथि शानदार जित हात पारेको बार्साले एस्पानियोलविरुद्ध पनि उत्कृष्ट आक्रामक खेल प्रदर्शन गर्यो । युवा खेलाडी लामिन यामालको पासमा डानी ओल्मोले खेलको १२ औँ मिनेटमा टोलीलाई अग्रता दिलाए ।
२३ औँ मिनेटमा राफिन्हाले टोलीको अग्रता दोब्बर बनाए । ३१ औँ मिनेटमा ओल्मोले अर्को गोल थप्दै टोलीको अग्रता फराकिलो बनाए ।
दोस्रो हाफको ६३ औँ मिनेटमा कप्तान जाभी पोआडोले एस्पानियोलका लागि सान्त्वना गोल फर्काए । बार्सिलोनाको हाई लाइनका कारण एस्पानियोलको दुई गोल अफसाइडका कारण रद्द गरिएको थियो । टोलीले बार्साविरुद्ध लगातार २७ खेल जित्न सकेको छैन ।
यता फ्लीकको नेतृत्वमा बार्साले ला लिगामा १२ मध्ये ११ खेल जितेको छ । गत सेप्टेम्बर टोली ओसासुनासँग पराजित भए यता टोलीले सबै प्रतियोगितामा लगातार ६ खेल जितेको छ ।
आइतबार नै भएको अन्य खेलमा एट्लेटिको मड्रिडले लास पालमासलाई २–० गोलले हरायो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ज्ञानेन्द्र शाहीको आरोप : प्रधानमन्त्री ओलीको निर्देशनमा आदित्यनाथको फोटो राख्न लगाइयो
-
‘झुम्सा खानेपानी आयोजना चाँडो सम्पन्न गर्नुको विकल्प छैन’
-
पानीको मुद्दालाई राजनीतिकरण गरियो
-
राष्ट्रिय सरोकार समितिको बैठक बस्दै
-
माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
-
हलेसी तुवाचुङ नगरपालिकाद्वारा ‘प्रतीक चिह्न’ सार्वजनिक