बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे, १० समाचार

आइतबार, १८ कात्तिक २०८१, २२ : ००
आइतबार, १८ कात्तिक २०८१

आज मिति २०८१ साल कात्तिक महिनाको १८ गते आइतबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुति ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ–

१. सकियो तिहार

प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठुलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका लगाएका छन् । आज भाइटीका लगाएसँगै नेपालीको दोस्रो चाड तिहार पनि समाप्त भएको छ ।

२. वामपन्थी नेता

भैरहवा जेलको झ्यालबाट बाहिर नियाल्दै गरेका मोहनचन्द्र अधिकारीको नजर एक युवतीमा टक्क अडियो । २०–२२ की देखिने ती युवती बाहिर चौरमा टहलिँदै थिइन् । अघिल्लो दिनसम्म त्यस जेलमा कुनै महिला बन्दी थिएनन् । 

 ३. थाई एसियाको भैरहवा–बैङ्कक उडान सुरु

थाई एसिया एयरलाइन्स बैङ्कक–भैरहवा–बैङ्कक उडान आजदेखि सुरु गरेको छ । आज बिहान ६ः५५ बजे थाई एसियाको विमान चालक दलका सात सदस्यसहित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।

४. मंगलबारदेखि मौसममा क्रमिक सुधार हुने

बागमती प्रदेश र कोशी प्रदेशको केही पहाडी भू–भागमा आज हल्का वर्षा भएको छ ।

 ५. राइड सेयरिङको नाममा ठगीधन्दा

गोरखा घर भएका सुजन आचार्यले आइतबार दिउँसो ठमेलबाट नेपालटार आउँदा इन्ड्राइभमार्फत राइडर सर्च गरे । ठमेल चोकमा बसेर करिब आधा घण्टासम्म उनले राइडर सर्च गरेपनि कसैले पनि एसेप्ट गरेनन् । 

६. भारतीय कार दुर्घटना

अर्घाखाँचीमा आज साँझ भारतीय कार दुर्घटनामा भएको छ।

७ं नेपाल पराजित

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ मा नेपाल अमेरिकासँग ३७ रनले पराजित भएको छ ।

८. हङ्कङ सिक्सेसको उपाधि श्रीलंकालाई

हङ्कङ इन्टरनेशनल सिक्सेस क्रिकेट प्रतियोगिताको उपाधि श्रीलंकाली टोलीले जितेको छ । श्रीलंकाले आइतबार सम्पन्न रोमाञ्चक फाइनल खेलमा अर्को दक्षिण एसियाली राष्ट्र पाकिस्तानलाई तीन विकेटले हराउँदै उपाधि चुमेको हो । 

९. टेस्ट क्रिकेट

 घरेलु टोली भारतविरुद्धको तीन टेस्टको क्रिकेट शृंखलामा भ्रमणकारी टोली न्युजिल्यान्डले ‘ह्वाइट वास’ गरेको छ । तेस्रो तथा अन्तिम टेस्टको तेस्रो दिन आइतबार न्युजिल्यान्डले भारतलाई २५ रनले हराएको हो ।

१०. चाडवाडका बेला दर्शकका रोजाइमा नेपाली चलचित्र

नेपाली चलचित्रका लागि चाडपर्व सुखद देखिएको छ । दसैँ र तिहारमा हलसँगै ‘ओभर दी टप’ (ओटीटी)का विभिन्न माध्यममार्फत प्रदर्शन गरिएका नेपाली चलचित्रमा दर्शकले साथ दिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप