मङ्गलबार, ०१ माघ २०८१
ताजा लोकप्रिय

संस्कृतिको जगेर्ना गर्दै युरोपमा मनाइयो म्ह पूजा

आइतबार, १८ कात्तिक २०८१, १९ : ३४
आइतबार, १८ कात्तिक २०८१

पोर्तुगल । आफ्नो कला र संस्कृतिको जगेर्ना गर्दै पोर्तुगलमा रहेका नेवार समुदायले नेपाल संवत् ११४५ र सामूहिक म्ह पूजा मनाएका छन् । लिस्वनको आरोइसमा रहेको ग्रिल एण्ड चिल्ड रेष्टुरेन्टमा नेवार संस्कृति अनुसार भएको म्ह पूजामा नेवार समुदायका एक सय जनाभन्दा बढीको सहभागिता रहेको थियो । 

आफ्नो शरीरलाई आफैले निरोगिता र रोकिएका काम पूरा होस् भनेर म्ह पूजा गर्ने चलन रहेको नेवाः खःल, पोर्तुगलका अध्यक्ष राजेशमान जोशीले जानकारी दिए । ‘आत्मालाई मण्डपमा राखेर विधिपूर्वक पूजा गर्ने नेवारी  अनुसार म्ह पूजा गर्ने चलन रहेको छ,’ उनले भने, ‘हामीले पनि त्यही प्रचलनलाई प्रवासमा पनि निरन्तरता दिने प्रयास गरेका हौँ । हाम्रो कला, भाषा, संस्कृति भनेकै हाम्रो पहिचान हो । यसमा हामीले गर्व गर्नुपर्छ ।’

युरोपमा पहलो पटक आयोजना गरिएको म्ह पूजाका संयोजक अमृतरत्न शाक्यले संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले प्रवासमा गरिएको कार्यक्रमबाट आफू हौसिएको बताए । ‘पहिलो पटक गरिएको पूजामा भएको सहभागिताले निकै खुसी लागेको छ,’ उनले भने,‘नेपालीहरू जहाँ भएपनि आफ्नो संस्कृतिलाई भुल्न सक्दैनन् भन्ने यो गतिलो उदाहरण हो ।’

नेवाः खःल, पोर्तुगलले यसभन्दा अघि विस्केटजात्रा पनि मनाएको जानकारी दिँदै आजको यो म्ह पूजा पनि भव्य हुन गएकोका ग्रिन एण्ड चिल्डका संचालक सुमेश श्रेष्ठले पनि खुसी व्यक्त गरे ।  

एक वर्ष अगाडि स्थापना भएको नेवाः खःल, पोर्चुगलले अब आफ्नो संस्कृतिको जर्गेना गर्नका लागि हमेशा प्रयास  गर्ने प्रतिवदता पनि कार्यक्रममा व्यक्त गरिएको थियो ।

यस कार्यक्रमलाई सफल बनाउन यस खःलका महासचिव सुजेन श्रेष्ठ, सहसचिव गणेश श्रेष्ठ (दिलोन)का साथै कोषााध्यक्ष अमृत रत्न शाक्यको महत्त्वपूर्ण भूमिका रहेको जानकारी पनि खःलका अध्यक्ष जोशीले दिए ।

यसैगर पोर्तुगलमा रहेको विभिन्न नेपाली समुदायले परम्परालाई निरन्तरता दिँदै देउसीभैलो पनि खेलेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप