दीपावलीको पाँचौँ दिन मिथिला क्षेत्रमा ‘गोधन’ पर्व मनाइयो
काठमाडौँ । दीपावलीको पाँचौँ दिन मिथिला क्षेत्रमा ‘गोधन’ पर्व मनाइएको छ । मिथिलाञ्चलमा आज भाइटीका पर्व मनाइरहँदा गोधन पर्व समेत मनाइएको हो ।
गोधनमा कुटिएको अन्न भाइलाई खुवाएर भातृद्वितिया पर्व मनाउने परम्परा समेत रहेको छ । महिलाहरू एक ठाउँमा जम्मा भएर मंगल गीत गाउँदै मधेसमा यो पर्व मनाउने परम्परा रहेको छ । गणेश भगवानलाई आराधना गर्दै सुरु गरिने यो पूजामा प्रकृतिको पूजा गरिन्छ ।
गाईको गोबरले लिपेर पवित्र बनाइएको चतुष्कोण वेदीभित्र गोबरकै मानव आकृति बनाएर धान, सिन्दूर, फूल, दुबो र पिठारले पूजा गर्ने गरिन्छ । गोवर्द्धन पर्वमा गाईको गोबरले लिपेर पवित्र बनाइएको चतुष्कोण वेदिभित्र गोबरकै मानव आकृति बनाएर धान, सिन्दूर, फूल, दुबो र पिठार पूजा गर्ने गरिन्छ ।
गाई मुख्य पशुधन मानिने त्यो बेला श्रीकृष्णले गोवर्द्धन पर्वतले गाई पाल्न गाई, गोरुलाई विभिन्न रङमा मिसाएर यो मिश्रणले रङ्ग्याउने गरेमा पशुधनमा कसैको आँखा नलाग्ने, देशान (रोगव्याधी) नलाग्ने मैथिल समुदायमा जनविश्वास रहेको छ । पर्वका दिन गाई, गोरुका सिङ, खुरमा तोरीको तेल लगाई दिने, दाम्ला फेर्ने परम्परा समेत रहेको छ ।
गोधन पर्वसँगै मिथिलाञ्चलमा आस्थाको माहपर्व छठ पर्वको तयारी समेत सुरु हुन्छ । प्राचीन कालमा व्रजवासी वर्षाका स्वामी ईन्द्रलाई प्रसन्न राख्नका लागि यो पर्व मनाउने गर्दथे । व्रजवासीले सोही दिन भगवान ईन्द्रको पूजा गरी षड्रसपूर्ण छप्पन भोग, छत्तिस व्यञ्जन भोग लगाउने गर्दथे । सोही दिन द्वापर युगमा भगवान श्री कृष्णले ईन्द्रको बन्द गराएर गोवर्धन पर्वतको पूजा आरम्भ गराएका थिए । यो देखेर भगवान ईन्द्र कुपित भएर मुसलाधार वर्षा गराए जसबाट पूरै ब्रज डुब्न लाग्यो । त्यसपछि भगवान श्री कृष्णले गोप र गोपीहरुलाई बचाउनका लागि आफ्नो हातको कान्छी औलामा गोवर्धन पर्वतलाई उठाएर ईन्द्रको मानमर्दन गरेका थिए । सोही दिनबाट ब्रजवासीलाई सुरक्षा प्रदान गर्ने पर्वत गोवर्द्धनलाई पूजाअर्चना आरम्भ गराएर अन्नकुट पूजाको समेत आरम्भ गराए । गोवर्द्धन पूजा नै कलान्तरमा गएर मिथिलाञ्चलमा गोधन पर्व बन्न गएको जनविश्वास रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य हालसम्मकै उच्च
-
लाओसमा डेङ्गुका सङ्क्रमितको सङ्ख्या २० हजार पुग्यो, ११ जनाको मृत्यु
-
१० बजे १० समाचार : नयाँ पार्टी घोषणाको तयारीमा रावल, बालेनसँग संवादमा रास्वपा
-
किन निलो रङको पगरी लगाउँथे मनमोहन सिंह ?
-
व्यापार छाडेर विदेशतिर, के कारणले टिक्न सकेनन् व्यवसायी ?
-
कबाडमा पनि बिक्री हुन नसक्ने अवस्थामा पुगे बेवारिसे ट्रली बस