हङ्कङ सिक्सेस क्रिकेटको उपाधि श्रीलंकाको पोल्टामा

काठमाडौँ । हङ्कङ इन्टरनेशनल सिक्सेस क्रिकेट प्रतियोगिताको उपाधि श्रीलंकाली टोलीले जितेको छ । श्रीलंकाले आइतबार सम्पन्न रोमाञ्चक फाइनल खेलमा अर्को दक्षिण एसियाली राष्ट्र पाकिस्तानलाई तीन विकेटले हराउँदै उपाधि चुमेको हो ।
टस हारी पहिलो ब्याटिङको निम्तो पाएको पाकिस्तानले ५.२ ओभरमा अलआउट हुनुअघि ७२ रनमात्र बनाउन सक्यो । जवाफी ब्याटिङमा ओर्लिएको श्रीलंकाली टोलीले भने पाँच ओभरमै तीन विकेट गुमाएर ७६ रन बनाउँदै विजयलक्ष्य पार गर्यो ।
श्रीलंकाको जितमा ओपनर सन्दुन विराक्कोदीले ३४ रनको योगदान गरे । उनले १३ बलको सामना गरी चार छक्का र एक चौका हिर्काए । अर्का ओपनर धनन्जय लक्सन भने दुई रनमै पेभेलियन फर्किए । कप्तान लाहिरु मधुसनकाले १९ रन बनाए । उनले पाँच बलमा तीन छक्का प्रहार गरे ।
चौथो नम्बरका ब्याट्सम्यान लाहिरु सामराकुनले पनि अविजित एक रन जोडे । पाँचौँ नम्बरका ब्याट्सम्यान थारिन्दु रत्नायकेले पनि टोलीका लागि अविजित १६०० रनको योगदान गरे । उनले केवल चार बलमा दुई छक्का र एक चौका प्रहार गरे ।
त्यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानका लागि ओपनर मुहम्मद अखलकले ४८ रनको योगदान गरेका थिए । उनले केवल २० बलको सामना गरी तीन छक्का र पाँच चौका हिर्काएका थिए । अर्का ओपनर आसिफ अली भने शून्य रनमै पेभेलियन फर्किएका थिए ।
तेस्रो नम्बरका ब्याट्सम्यान हुसैन तलत पनि एक रनभन्दा अगाडि बढ्न सकेनन् । कप्तान फाहिम असरफले १३ रन बनाए । उनले चार बलमा दुई छक्का पनि प्रहार गरे । आमेर यामिन भने ६ रन बनाउँदै आउट भए ।
साहद खान भने एक रनभन्दा अगाडि बढ्न सकेनन् । श्रीलंकाली टोलीका बलर धनन्जय लक्सन र थारिन्दु रत्नायकेले दुई–दुई विकेट लिए । निमेष विमुक्थी र लाहिरु मधुसनकाले पनि एक–एक विकेट हात पारेका थिए ।
प्रतियोगिताको सेमिफाइनलमा पाकिस्तानले अस्ट्रेलियालाई चार विकेटले र श्रीलंकाले बंगलादेशलाई तीन विकेटले हराएर फाइनलमा स्थान पक्का गरेका थिए । यो प्रतियोगितामा नेपालको पनि सहभागिता रहेको थियो । तर, नेपाली टोली प्रतियोगिताको क्वार्टरफाइनलमा श्रीलंकासँग ४० रनले पराजित भएको थियो ।
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘के घर के डेरा : घर नं २’ सिक्वेल होइन - निर्देशक दीपेन्द्र
-
भुकुटीमण्डपमा नेपाल दन्त सामग्री र नेपाल अप्टीकल एक्स्पो सम्मेलन सुरू (तस्बिरहरु)
-
संघीय निजामती विधेयकको प्रतिवेदनमाथि छलफल सुरु
-
शिक्षा ऐन जारी गराउन क्रान्तिकारीद्वारा संघर्षको कार्यक्रम घोषणा
-
राष्ट्रिय स्केटबोर्ड च्याम्पियनसिप सुरु
-
शिक्षकको मागप्रति सरकार गैरजिम्मेवार बन्दै गएको छ : पुष्पराज कुँवर (भिडियो कुराकानी)