जित्नै पर्ने दबाबमा रहेको कर्णालीको निराशाजनक प्रदर्शन, गण्डकीलाई १०२ रनको लक्ष्य
काठमाडौँ । विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाईवाई यू–१९ एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको आइतबार सम्पन्न खेलमा कर्णाली प्रदेशले गण्डकी प्रदेशलाई जितका लागि केवल एक सय दुई रनको सामान्य लक्ष्य दिएको छ ।
यो खेलमा पराजित भए कर्णाली प्रदेश उपाधि होडबाट बाहिरिने छ । टस जिती ब्याटिङको निर्णय लिएको कर्णाली प्रदेशले ३८.१ ओभरमै अलआउट हुनुअघि एक सय एक रनमात्र बनाउन सक्यो । कर्णाली प्रदेशका कुनै पनि ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन् ।
कर्णाली प्रदेशका तीन ब्याट्सम्यानले मात्र दोहोरो अंकमा रन बनाउन सके । अरविन्द घर्तीले टोलीको खातामा ४६ रनको योगदान गरे । उनले ७१ बलको सामना गरी एक छक्का र पाँच चौका पनि हिर्काए । विकेटकिपर ब्याट्सम्यान हिराला चनरा ११ रन बनाउँदै पेभेलियन फर्किएका थिए ।
तल्लो क्रमका ब्याट्सम्यान विजय बोहरा १७ रनमा अविजित रहे । कर्णाली प्रदेशका माथिल्ला चार ब्याट्सम्यानले त एकपछि अर्को गर्दै पेभेलियन फर्किएका थिए । कप्तान समेत रहेका ओपनर मनिष थापा आठ रन बनाउँदै आउट भए भने अर्का ओपनर अनिरुद्ध कवरले खातासम्म खोल्न सकेनन् ।
गण्डकी प्रदेशका बलर अपराजित पौडेल एक्लैले पाँच विकेट लिए । उनले १० ओभरमा तीन मेडन राख्दै केवल १९ रन खर्चिए । सिबरिन श्रेष्ठले पनि तीन विकेट हात पारे । सुदिप अर्यालले पनि दुई विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेसमा वडाध्यक्षका लागि घर-घर पुगेर भोट माग्दै विश्वप्रकाश
-
दक्षिणी लेबनान र बेरुतमा एकसाथ बमबारी, ५ चिकित्सक मारिए
-
भित्तामा टेपले टाँसेको एक कोसा केराको मूल्य ८४ करोड ५५ लाख रुपैयाँ
-
मेयर बालेन एमालेविरुद्ध परिचालित छन् भन्ने पुष्टि भयो : महासचिव पोखरेल
-
बालेन शाहले एमालेसँग १ लाख भिख मागे : महेश बस्नेत
-
रवि र छविसहित १० जनाविरुद्ध फेरि पक्राउ पुर्जी जारी