रौतहटमा मनाइयो पशुहरूको पर्व सोहरैया

रौतहट । रौतहटमा पशुहरूको पर्व सहरैया यस वर्ष पनि मनाइएको छ । जिल्लाको पश्चिमी भेगस्थित फतुवा विजयपुर नगरपालिका पेटभरवा गाउँमा किसानहरूले पशु चौपायाहरुको पर्व सोहरैया विशेष रूपले मनाएका हुन् ।
प्रत्येक वर्ष लक्षमीपुजाको भोलिपल्ट मनाइँदै आएको सोहरैया पर्व यस पटक ब्राह्मणको सल्लाह अनुसार शनिबार मनाइएको हो ।
पौराणिक मान्यता अनुसार फतुवा विजयपुर–६ पेटभरवा गाउँका सयौं पशुपालक किसानहरूले हियालोलो भन्दै डाढ बोलाएर सोहरैया पर्व मनाएका छन् ।
यसअवसरमा किसानहरूले गाई, भैँसी, गोरुको सरसफाइ गरी नाथ र डोरी नयाँ फेर्ने गर्दछन् । किसानले खेतमा पाइने सोहराईको बिरुवा ल्याएर बिहान चौरमा रोप्ने गर्दछन् र अपराह्न सोही ठाउँमा गाउँका दुहुनो गाई, भैँसी पाडो जम्मा गर्दछन् । यस्तै कतिपय किसानले पशुलाई त्यहाँ जम्मा गर्नु अघि सोहराईको बिरुवाको रस पशु चौपायालाई
खुवाउने गर्छन् ।
परम्परा अनुसार गाउँ छेउको चौरमा जम्मा भएका गाई भैँसीको बिचमा डोरीले बाँधेर सुँगुरको बच्चा राखिन्छ । सुँगुरको बच्चालाई किसानले घिसार्ने गर्दछन् । सुँगुरलाई घिसारेपछि कराउँछ र त्यो दृश्य देखेर आफ्नै बच्चा सम्झेर गाई, भैँसी पनि कराउँदै भाग्छन् त्यसलाई नै डाढ बोलाउने भनिन्छ ।
पशु चौपाया भाग्ने क्रममा किसान तथा गाउँहरू हियालोलो हियालोलो भन्दै सोहरैया पर्वको आनन्द लिन्छन् । सो अवसरमा कतिपय ठाउँमा गाई, भैँसी र गोरु पनि जुधाउने गरिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सञ्चो’ कम्पनीमा २८ करोड क्षति : पुनः सञ्चालन सम्भव छ ?
-
हरेक दिन २० पुस-अप गर्नुहोस्, पाउनुहुनेछ ५ परिवर्तन
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
कंगोको राजधानीमा मुसलधारे वर्षाका कारण ३० जनाको मृत्यु
-
छ वर्षपछि उत्तर कोरियामा प्योङयाङ म्याराथन, विदेशीहरूको पनि सहभागिता
-
गर्मीमा हरेक दिन एक टुक्रा काँचो प्याज खानुका ७ फाइदा