सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भाइटीकाको दिन कुन राशिका लागि शुभ ?

आइतबार, १८ कात्तिक २०८१, ०६ : ०४
आइतबार, १८ कात्तिक २०८१

काठमाडौँ । आज वि.सं. २०८१ साल कार्तिक १८ गते । आइतबार । ईश्वी सन् २०२४ नोभेम्बर ३ तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । दक्षिणायनं । शरद ऋतु । श्रीशाके १९४५ । कार्तिक शुक्लपक्ष । तिथि–द्वितीया, ३५ घडी १९ पला, बेलुकी ८ बजेर २४ मिनेट उप्रान्त तृतीया । नक्षत्र–अनुराधा, अहोरात्र । योग–सौभाग्य, १५ घडी ५ पला, दिउसो १२ बजेर १९ मिनेट उप्रान्त शोभन । 

करण–बालव, बिहान ७ बजेर ४६ मिनेट उप्रान्त कौलव, बेलुकी ८ बजेर २४ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–मृत्यु योग । चन्द्रराशि–वृश्चिक । काठमाडौँ सूर्योदय बिहान ०६ बजेर १७ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर १६ मिनेट । दिनमान २७ घडी २९ पला । भाइटीका ।

आजको बार बेला ।  

  • बिहान ०६ बजेर १७ मिनेटसम्म उद्वेग बेला ।
  • बिहान ६ बजेर १८ मिनेटदेखि बिहान ७ बजेर ३९ मिनेटसम्म चर बेला ।
  • बिहान ७ बजेर ४० मिनेटदेखि बिहान ९ बजेर २ मिनेटसम्म लाभ बेला ।
  • बिहान ०९ बजेर ३ मिनेटदेखि बिहान १० बजेर २४ मिनेटसम्म अमृत बेला ।
  • बिहान १० बजेर २५ मिनेटदेखि बिहान ११ बजेर ४७ मिनेटसम्म काल बेला ।
  • बिहान ११ बजेर ४८ मिनेटदेखि दिउसो १ बजेर ९ मिनेटसम्म शुभ बेला ।
  • दिउसो १ बजेर १० मिनेटदेखि दिउसो २ बजेर ३२ मिनेटसम्म रोग बेला ।
  • दिउसो २ बजेर ३३ मिनेटदेखि दिउसो ३ बजेर ५४ मिनेटसम्म उद्वेग बेला ।
  • दिउसो ३ बजेर ५५ मिनेटदेखि बेलुकी ६ बजेर ५४ मिनेटसम्म शुभ बेला ।

नोट : शुभ कार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

राहुकाल

दिउसो ३ बजेर ५४ मिनेटदेखि बेलुकी ५ बजेर १६ मिनेटसम्म राहुकाल रहनेछ ।

नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।

 

ब्रह्म मुहूर्त

बिहान ४ बजेर ४१ मिनेटदेखि बिहान ५ बजेर २९ मिनेटसम्म ब्रह्म मुहूर्त रहनेछ ।

  • मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आफन्त तथा घर परिवारसँगको भेटघाटले मन प्रसन्न हुनेछ । पारिवारिक माहौलमा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । दिदीबहिनी तथा दाजुभाइ बिचको सम्बन्ध थप सुमधुर हुनेछ । तर पनि स्वास्थ्यमा आउने समस्याका कारण दैनिक कामहरू प्रभावित हुनेछन् । चिन्ता तथा छपट्टिले ऊर्जा तथा आत्मविश्वासमा कमी ल्याउनेछ । नगर्नु पर्ने काममा हात हाल्दा व्यावसायिक रूपमा घाटा लाग्नेछ ।
  • वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) सुख दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् भने परिवारजनको साथले नयाँ आशा पलाउनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। विभिन्न सहयोग र उपहार पाइनेछ। आयआर्जन पनि राम्रै हुनेछ। अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ। रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ। कामबाट पनि फुर्सद पाइनेछ। व्यापारकै सिलसिलामा यात्रा हुने योग रहेको छ ।
  • मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)  रमाइलो यात्रा हुनेछ भने आफन्त तथा शुभचिन्तकसँगको भेटले उत्साह जगाउनेछ । प्रणय सम्बन्धमा विश्वास बढेर जाने तथा विवाह मार्फत सम्बन्धलाई लामो समयसम्म टिकाउन सकिनेछ । भेटघाट, खानपान तथा मनोरञ्जनमा समय व्यतीत हुनेछ । आफन्त,दाजुभाइ तथा दिदीबहिनीहरूसँगको भेटमा रमाइलो गर्दै समय व्यतीत हुनेछ । खानपान, मनोरञ्जनमा समय बित्नेछ  ।
  • कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) आर्थिक मुद्दाहरू हल भएर जानेछन् भने मित्रहरूको सहयोग रहनाले समयमा कामहरू बन्नेछन् । भौतिक सम्पत्ति तथा बिलासी वस्तुको प्रयोग गर्न पाइने हुँदा मन प्रफुल्ल हुनेछ । अध्ययनको सिलसिलामा यात्रा गर्न सकिने समय रहेको छ । आफन्त तथा दिदीबहिनीबाट भौतिक सम्पत्ति तथा उपहार प्राप्तिको योग रहेको छ । भेटघाट, खानपान तथा मनोरञ्जनमा समय व्यतीत हुनेछ ।
  • सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) भौतिक सम्पत्ति तथा बिलासी वस्तुको व्यापार कमै हुनेछ भने कृषि सहकारी तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । दिदीबहिनी सँगको सम्बन्ध थप सुमधुर भएर जानेछ । भेटघाट, मिष्टान्न भोजन तथा मनोरञ्जनमा समय व्यतीत हुनेछ । तर पनि राजनीति तथा समाजसेवीहरूले समाजमा काम देखाउन नसक्दा विश्वास जित्न अलि बढी नै समय खर्चनु पर्नेछ ।
  • कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) पराक्रम बढेर जाने हुनाले जोसिलो काम गर्ने जाँगर आउनेछ । सानो प्रयत्नले राम्रो काम गरी फाइदा लिन सकिनेछ भने प्रतिस्पर्धीहरू परास्त हुनेछन् । माया प्रेममा सामीप्य बढेर जानेछ । दाजुभाइ, दिदीबहिनी सँगको सम्बन्धमा सुधार भएर जानेछ । भेटघाट, मिष्टान्न भोजन तथा मनोरञ्जनमा समय व्यतीत हुनेछ । रमाइलो ठाउँको भ्रमण हुनेछ ।
  • तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) परिवार, दाजुभाइ तथा दिदीबहिनीसँगको सम्बन्ध सुमधुर हुनेछ । परिवार तथा नजिकका मानिसबाट तपाईँको काममा सहयोग प्राप्त हुनेछ । भेटघाट, खानपान तथा मनोरञ्जनमा समय बित्नेछ  । परिवार तथा आफन्तका साथ समय व्यतीत हुने तथा रमाइलो ठाउँको भ्रमण हुनेछ । रात्रिकालीन साङ्गीतिक कार्यक्रममा सहभागी हुन पाउँदा मन प्रसन्न हुनेछ ।
  • वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) मेहनत गर्दा आटेको काम बन्नेछ भने जुझारु कार्यशैलीले लक्ष्य तथा गन्तव्य पहिल्याउन सहज हुनेछ । परिवारका साथ रमाइलो वातावरणमा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । समाजसेवामा समय दिन सक्दा मान सम्मानमा वृद्धि भएर जानेछ । भेटघाट, खानपान तथा मनोरञ्जनमा समय व्यतीत हुनेछ । दिदीबहिनी तथा दाजुभाइको सम्बन्धमा सुमधुरता थपिनेछ ।
  • धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)  धार्मिक तथा सामाजिक काममा सक्रिय रहँदा रहँदै दिन बित्नेछ । माया प्रेममा एक अर्कालाई बुझ्न समय लागे पनि सम्बन्ध प्रगाढ हुनेछ । विदेश यात्रा हुनेछ भने विदेशमा बसेर काम गर्नेहरूका लागी दिन प्रभावकारी रहनेछ । दिदीबहिनी तथा दाजुभाइ बिचको सम्बन्ध थप सुधार हुने तथा उपहार प्राप्तिको योग रहेको छ ।
  • मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) दाजुभाइ तथा आफन्तबाट भने जस्तो सहयोग हुनेछ । माया प्रेममा सामीप्य बढेर जाने ग्रहयोग रहेको छ । सवारी साधन तथा अन्य भौतिक सम्पत्तिहरू लाभ हुनेछ । इच्छा आकाङ्क्षा तथा मनोकामना पुरा हुने समय रहेको छ भने रोकिएका कामहरू बन्ने तथा नयाँ काम गर्ने अवसर आउनेछ । भेटघाट, खानपान तथा मनोरञ्जनमा समय व्यतीत हुनेछ ।  
  • कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) माता पिताको धन तथा सम्पत्ति प्रयोग गरी मनग्गे आम्दानी गर्न सकिनेछ । कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । माया प्रेममा नजिक भई आफ्ना आफ्ना भावना साटासाट गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन प्राप्त हुने योग रहेको छ । भेटघाट, खानपान तथा मनोरञ्जनमा समय व्यतीत हुनेछ ।
  • मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) भाग्य तथा समयले साथ दिने हुँदा आटेको तथा ताकेको काम सजिलै बन्नेछन् । खोजमूलक काममा सफलता मिल्नेछ भने अध्ययनमा रुचि बढ्नेछ । प्रेममा रमाउन चाहनेहरूका लागी दिन राम्रो रहेको छ । शिक्षा तथा धार्मिक क्षेत्रसँग सम्बन्धित कामबाट मनग्गे धन आर्जन गर्न सकिनेछ भने धार्मिक यात्रा हुनेछ । भेटघाट, खानपान तथा मनोरञ्जनमा समय व्यतीत हुनेछ ।

तपाईँको दिन शुभ रहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दुर्गा भण्डारी
दुर्गा भण्डारी
लेखकबाट थप