पुनरागमन गर्दै लिभरपुल शीर्ष स्थानमा
शनिबार, १७ कात्तिक २०८१, २३ : १३

एनफिल्ड । गोलले पछि परेको स्थिति उल्टाउँदै लिभरपुलले ब्राइटनविरुद्ध पुनरागमन जित हासिल गरेको छ । शनिबार प्रिमियर लिगमा २–१ को जितसँगै टोली अङ्क तालिकामा शीर्ष स्थानमा उक्लिएको हो ।
आर्सनल र म्यानचेस्टर सिटी स्तब्ध भएको दिनमा लिभरपुल पनि आफ्नै घरेलु मैदानमा खेलको १४ औँ मिनेटमा पछि परेको थियो । फेर्डी काडियोग्लुले पाहुना टोलीका लागि शानदार गोल गरे ।
पहिलो हाफमा पछि परे पनि लिभरपुल दोस्रो हाफमा भने खेलमा फर्कियो । ६९ औँ मिनेटमा कोडी गाक्पोले बराबरी गोल फर्काए । तीन मिनेटपछि मोहम्मद शालाहले निर्णायक गोल गर्दै टोलीलाई जित दिलाए ।
नयाँ म्यानेजेर अर्ने स्लटको नेतृत्वमा १५ मध्ये १३ खेल जितेको लिभरपुलले सिटीलाई दुई अङ्कले उछिनेको छ । १० खेलपछि लिभरपुलको २५ अङ्क छ । ब्राइटन भने १६ अंकसहित सातौँ स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको जालमा जेलेन्स्की, शुक्रबार अमेरिकामा ‘विशाल सम्झौता’
-
आईसीसी च्याम्पियन्स ट्रफीबाट बाहिरियो इंग्ल्याण्ड
-
डोलेश्वरमा एकैदिन ६० हजारले गरे दर्शन
-
१२ बजे, १२ समाचार : नेपालमा पढ्न चाहने किटका विद्यार्थीलाई आवेदन खुलादेखि अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा नेपाल पराजितसम्म
-
माओवादी सुदूरपश्चिम संसदीय दलको विवाद मिलाउने प्रचण्डको प्रयास असफल
-
शासन गर्नका लागि कांग्रेस र एमाले मिलेको होइन : महासचिव पोखरेल