सामान्य विवादमा चक्कु प्रहार हुँदा एक जनाको मृत्यु
शनिबार, १७ कात्तिक २०८१, २२ : १९

दमौली । जिल्लाको व्यास नगरपालिका–१० अधेरीभञ्ज्याङमा आज साँझ चक्कु प्रहारबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नुवाकोटका ४७ वर्षीय दिलीप तामाङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
प्रहरीले चक्कु प्रहारमा सङ्लग्न भक्तपुरका विशाल थापालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विकास पासवानले जानकारी दिए । व्यास नगरपालिका–१० देखि ७ जोड्ने पराशर मार्गमा काम गर्ने दुई मजदुरबीच सामान्य विवाद हुँदा थापाले चक्कु प्रहार गरेका थिए ।
प्रहरी निरीक्षक पासवानले भने, “सामान्य विवाद हुँदा गालीगलौज भएपछि खाना बनाउने क्रममा तामाङमाथि चक्कु प्रहार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।” यहाँ विश्व बैङ्कको सहयोगमा व्यास नगरपालिकाका चार वडा जोड्ने सडक स्तरोन्नति काम भइरहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मर्यादित र सभ्य तरिकाले होली मनाउन सभामुख घिमिरेको अपिल
-
होली पर्वको अवसरमा हुने विकृतिलाई निरुत्साहित गर्न अध्यक्ष दाहालको आग्रह
-
आज होली पर्व, हिमाली तथा पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदै
-
युरोपीयन युनियनसँग पनि चर्को भन्सार असुल्ने ट्रम्पको घोषणा
-
होलीमा खेलिने रङहरू जस्तै नेपाली समाज पनि विविधतापूर्ण छ : सभापति देउवा
-
होली पर्वमा राष्ट्रपतिको सन्देश : सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुग्ने