एयर इन्डियाको विमानमा भेटिएन खतरनाक पदार्थ
शनिबार, १७ कात्तिक २०८१, २१ : ११

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फेरि एकपटक विमानमा बम राखिएको धम्की आएको छ । शनिबार एयर इन्डियाको विमानमा बम रहेको थ्रेट आएको हो ।
दिल्ली उड्न लागेको विमानमा बम रहेको थ्रेट आएपछि सबै यात्रुलाई ओरालेर चेक जाँच गराइएको थियो । चेक जाँचपछि कुनै खतरनाक पदार्थ नभेटिएको प्रहरीले जनाएको छ ।
दिउँसो ४ः ३१ मा बम राखिएको धम्की आएपछि प्रहरी र नेपाली सेनाको टोलीले चेकजाँच गरेको थियो । विमानमा कुनै खतरनाक चिज नभेटिएपछि विमान दिल्ली उड्ने भएको छ ।
यसअघि पनि एयर इन्डिया र भिस्ताराको जहाजमा बम राखिएको धम्की आएको थियो । ती विमानमा पनि बम भेटिएको थिएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोल्यान्डका राष्ट्रपति डुडा र ट्रम्पबिच भेटवार्ता
-
१ करोड २४ लाखबाट सुरु भयो सैनिक कल्याणकारी कोषको बचत ८७ अर्ब रुपैयाँ पुग्यो
-
पुनर्बीमा कम्पनीको उछालले बढ्यो सेयर बजार, कारोबार साढे ११ अर्ब
-
सेनाले जिम्मा पाएका ३२ वटा सडक आयोजना सम्पन्न, के हुँदैछ फास्ट ट्र्याक ?
-
पाकिस्तानविरुद्धको खेलमा भारतीय टोलीसँग जोडियो यो नचाहेको कीर्तिमान
-
७ महिनामा सेनाद्वारा ५६ वटा बम डिस्पोज