गढीमाई मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न माग

बारा । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रको रुपमा प्रसिद्ध गढीमाई मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न सरकारसंग माग गरेका छन् ।
बाराको महागढीमाई नगरपालिका बरियारपुर स्थित गढीमाई मन्दिरमा आज आजपा जिल्ला कमिटीद्वारा आयोजित सर्वपक्षीय भेलालाई सम्बोधन गर्दै आजपा अध्यक्ष साहले यस्तो माग गरेका हुन् ।
‘विश्वमै गढीमाईको प्रसिद्धि छ । विश्वले गढीमाईलाई चिन्छ । विश्व प्रसिद्ध गढीमाईलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन हामी सबैले पहल गर्न आवश्यक छ । सरकारले ऐतिहासिक, धार्मिक, पर्यटकीय नगरी गढीमाईलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल गर्नुपर्ने मेरो आग्रह छ’ आजपा अध्यक्ष साहले भने, ‘यसको पर्यटकीय, धार्मिक पूर्वाधार निर्माणमा कसैको चासो छैन् । हामी यसलाई एक विशाल र भव्य पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न चाहन्छौं । तर दुर्भाग्य सरकारको चासो नै छैन् ।’
विश्व प्रसिद्ध गढीमाईको पाँच बर्षीय मेला मंसिरमा लाग्दैछ । यसको तयारी स्थानीय तहमा तिब्ररुपमा भईरहेको छ । लाखौं भक्तश्रद्धालु आउने यस मेलाको व्यवस्थापन लगायतका क्षेत्रमा केन्द्रीय सरकार बुझेर पनि नबुझे जस्तो गर्नु दुखको बिषय भएको उनले बताए ।
केन्द्रीय सरकारका साथै मधेस प्रदेश सरकार समेत गढीमाईको विकास एंव मेलाका लागि बेखबर भएको उनले टिप्पणी गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तोरीखेती गर्ने क्षेत्रफलसँगै बढ्यो उत्पादन, यो पल्ट तीन हजार ३४ मेट्रिक टन
-
आलु उब्जाएर तीन महिनामा आठ लाख आम्दानी
-
च्याम्पियन्स लिग : इटालीको इन्टर मिलान सेमीफाइनलमा, अबको भिडन्त बार्सिलोनासँग
-
आर्सनल च्याम्पियन्स लिगको सेमीफाइनलमा, घरेलु मैदानमा पनि हार्यो रियाल मड्रिड
-
प्रिमियर लिगको तेस्रो स्थानमा उक्लियो न्यूक्यासल
-
टेण्डर भएको तीन वर्षमा पनि निर्माण नभएपछि सडकमै रोपियो केराका बोट