दीपिका र रणवीरले खुलाए छोरीको नाम
शनिबार, १७ कात्तिक २०८१, १८ : ४२

मुम्बई । बलिउड दम्पती दीपिका पादुकोण र रणवीर सिंहको सेप्टेम्बर ८ मा छोरीको जन्म भएको थियो। करिब २ महिनापछि यो जोडीले आफ्नो छोरीको नाम फ्यानसामु खुलाएका छन् ।
छोरीको जन्मको समयमा, यो जोडीले इन्स्टाग्राममा एक स्टोरी सेयर गरेर यसको घोषणा गरेका थिए । अब दुबैले इन्स्टाग्रामबाटै छोरीको बारेमा ठूलो जानकारी दिएका हुन्।
दिपावलीको विशेष अवसरमा दीपिका पादुकोण र रणवीर सिंहले पनि छोरीको नाम र यसकोअर्थ खुलाएका छन् । स्टार जोडीले आफ्नो छोरीको नाम ‘दुआ पादुकोण सिंह’ राखेका छन्।
रणवीर र दीपिकाले आफ्नो पोस्टमा दुआको अर्थ खुलाउँदै लेखेका छन्- दुआ भनेको प्रार्थना हो, किनकि यो हाम्रो प्रार्थनाको जवाफ हो। दीपिका र रणवीरले पहिलो पटक आफ्नी छोरीसँग दीपावली मनाएका छन् । दम्पतीले छोरीको खुट्टाको फोटो अपलोड गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीनकुनेमा हिंसा भड्काएको आरोपमा सन्तोष सिलवाल पक्राउ
-
मुलपानीमा वर्षा, नेपाल र अफगानिस्तानबिचको खेल प्रभावित (तस्बिरहरू)
-
रामकुमारी झाँक्रीद्वारा शिक्षक आन्दोलनको कडा आलोचना, भनिन्–ऐन सडकबाट पास हुने हो ?
-
शिक्षकलाई आन्दोलनमा होमिन प्रेरित गर्ने ‘हामी शिक्षक’ गीत कसरी बन्यो ?
-
काठमाडौँ उपत्यकामा चुनौती बन्दै ट्राफिक व्यवस्थापन, करिडोर सडक बन्दैछन् विकल्प (तस्बिरहरू)
-
अर्शदीपको नाममा नयाँ रेकर्ड