संकटमा न्युजिल्याण्ड, १ सय ४३ रनको अग्रता

मुम्बई । भारतविरुद्धको मुम्बई टेस्टको दोस्रो इनिङ्समा न्युजिल्याण्डले १ सय ४३ रनको अग्रता लिएको छ । दोस्रो दिनको खेल समाप्त हुँदा न्युजिल्याण्डले ९ विकेट गुमाएर १७१ रन बनाएको हो।
खेलको दोस्रो दिन शनिबारको खेलमा भारत पहिलो इनिङ्समा २ सय ६३ रनमा अलआउट भएको थियो । टोलीले न्युजिल्यान्डमाथि २८ रनको अग्रता लिएको थियो । यससँगै न्यूजिल्याण्डको टोलीले पहिलो इनिङ्समा २३५ रन बनाएको थियो ।
विल योङले दोस्रो इनिङ्समा अर्धशतक बनाए । उनले १०० बलमा ५१ रन जोडे । उनीबाहेक ग्लेन फिलिप्सले २६, डेभन कोनवेले २२, डेरल मिचेलले २१ र म्याट हेनरीले १० रन बनाए । बाँकी ४ ब्याट्सम्यानले दोहोरो अङ्क छुन सकेनन् ।
भारतका लागि दोस्रो इनिङ्समा रवीन्द्र जडेजाले सर्वाधिक ४ विकेट लिए । उनले यस खेलमा अहिलेसम्म ९ विकेट लिएका छन् भने पहिलो इनिङ्समा ५ विकेट लिएका थिए । रविचन्द्रन आश्विनले ३ विकेट लिए । आकाश दीप र वासिङ्टन सुन्दरले १–१ विकेट लिए ।
गिलले पहिलो इनिङ्समा ९० रन बनाएपछि भारत पहिलो इनिङ्समा २६३ रनमा अलआउट भएको थियो । शुभमन गिल (९० रन) र ऋषभ पन्त (६० रन)ले अर्धशतक बनाए । अजाज पटेलले ५ विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुर्स्कका बासिन्दाहरूलाई निकाल्न युक्रेनसँग ‘सम्झौता’ भएको रुसको भनाइ
-
कृषि मन्त्रालयले रोक लगाएको दुग्धजन्य वस्तु भन्सारबाट धमाधम भित्रिँदै
-
न्युजिल्याण्डसामु २ सय ३६ रनमा समेटियो बंगलादेश
-
सीमा अपराध न्यूनीकरण गर्न सशस्त्र प्रहरीसम्बन्धी कानुन संशोधन गर्न लागिएको होः गृहमन्त्री
-
कानुन निर्माणमा लापरबाही, चार जना सांसदले बोलेर पारित भयो विधेयक
-
सशस्त्र प्रहरीको बढुवामा ज्येष्ठतालाई मुख्य आधार बनाउनुपर्ने