बेपत्ता भएको दुई दिनपछि मृत भेटिइन् किशोरी
शनिबार, १७ कात्तिक २०८१, १८ : २७

वीरगन्ज । पर्साको बहुदरमाई नगरपालिकामा एक जना किशोरीको शव बरामद भएको छ । ती किशोरी नगरपालिकाको वडा नम्बर– ८ रामनगरीबाट दुई दिनदेखि बेपत्ता रहेको प्रहरीले जनाएको छ ।
प्रहरी प्रवक्ता दीपक भारतीका अनुसार स्थानीय रामबाबु सहनीकी १७ वर्षीया छोरी निजीमा कुमारी सहनी मृत अवस्थामा भेटिएकी हुन् । उनका अनुसार रामनगरीस्थित बजारको पोखरीमा घोप्टो परेको अवस्थामा उनको शव भेटिएको हो । शनिबार दिउँसो पोखरीमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
त्यस लगत्तै प्रहरीको टोली घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । घटना भवितव्य हो वा हत्या ? त्यसबारे प्रहरी अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनायो । मृत भेटिएकी सहनीको शव पोस्टमार्टमका लागी वीरगन्जको नारायणी अस्पतालमा पठाइएको प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेत्री सुपुष्पा भन्छिन्– फेरि रेशम फिरिरिमा मेरो भूमिका बोल्ड छ
-
इटलीकी प्रधानमन्त्रीले वामपन्थी नेताहरूलाई भनिन्– ‘पाखण्डी’
-
प्रतिपक्षमा रहेका पार्टीका दलित जनसंगठनको संयुक्त विरोधसभा
-
कोहलीको नाममा अर्को कीर्तिमान
-
तस्बिरमा हेर्नुहोस् नेपाल र म्यानमारको खेल
-
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षाध्यक्षमा लम्साल नियुक्त