सुन्दर गाउँघर, तस्बिरहरू
काठमाडौँ । यति बेला सबै तिर चाडपर्व लागेको छ । सहरमा होस की गाउँघर सबै तिर मखमली, गोदावरी, सयपत्री फुलेको छ । यही सन्दर्भमा गोरखा जिल्ला अजिरकोट गाउँपालिकाको पर्यटकीय गाउँ नम्की र सिरानडाँडामा पनि ढकमक्क सयपत्री फूलको छ ।
तामाङ जातिको बाहुल्यता रहेको सो नम्की र सिरानडाँडा गाउँमा अहिले भने आन्तरिक पर्यटकको बाक्लो आगमन हुने गरेको छ । पर्यटकका लागि होमस्टे, परम्परागत शैलीमा निर्माण गरिएको घरहरूको व्यवस्था रहेको छ ।
राजधानी काठमाडौँ, र जिल्लाका विभिन्न ठाउँबाट घुम्नका लागि सो क्षेत्रमा पर्यटकहरू आउने गर्दछन् । काठमाडौँबाट १ सय ६० किलोमिटर टाढा रहेको सो गाउँ पर्यटकका लागि नयाँ गन्तव्य बन्दै गएको छ । सफा र स्वच्छ हावापानी, अर्ग्यानिक खाना, तामाङ संस्कार र संस्कृति सफा मौसममा देखिने हिउँचुली र बौद्ध हिमाल यहाँका प्रमुख आकर्षणका केन्द्रहरू हुन ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा पटाका कारखानामा विस्फोट हुँदा चार जनाको मृत्यु
-
साहित्य उत्सव : जनकपुरका विविध पक्षबारे मन्थन
-
तातोपानी गाउँपालिकाद्वारा १७ विधेयक पारित
-
धरानमा ‘प्रदेश प्रिमियर लिग’ फुटबल प्रतियोगिता हुने
-
काम ठप्प पारेर कर्णालीका स्थानीय तहका कर्मचारी आन्दोलन गर्न वीरेन्द्रनगरमा
-
कामपाले सामुदायिक विद्यालयलाई स्मार्ट बोर्ड उपलब्ध गराउने