जकार्ताको तेल कारखानामा आगलागी हुँदा नौ जनाको मृत्यु, चार घाइते
शनिबार, १७ कात्तिक २०८१, १७ : ०१

जकार्ता । इन्डोनेसियाको जकार्ता सहर नजिकैको खाना पकाउने तेल कारखानामा आगलागी हुँदा नौ जनाको मृत्यु हुनुका साथै अन्य चार जना घाइते भएका एक अधिकारीले शनिबार बताएका छन् ।
बेकासीको विपद् व्यवस्थापन एजेन्सीको पुनर्निर्माण तथा पुनर्वास एकाइका प्रमुख इधम खोलिदका अनुसार बेकासी सहरको औद्योगिक परिसरमा शुक्रबार आगलागी भएको हो भने हाललाई आगो नियन्त्रणमा आइसकेको छ ।
घाइतेहरू मध्येका तीन जनासहित अधिकांश हताहतमा पर्नेहरू कारखानाका कामदारहरू तथा एक जना अग्नि नियन्त्रक रहेको जनाइएको छ ।
जकार्ता खोजी तथा उद्धार विभागका प्रमुख अगुङ प्रियाम्बोडोले घाइते व्यक्तिहरू अस्पतालमा उपचार भइरहेको उल्लेख गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्घीय व्यवस्थालाई मितव्ययी बनाउन संविधान संशोधन जरूरी देखियो : सांसद आचार्य
-
विसं २०८१ : स्वदेशी ६२, विदेशी ८४ चलचित्र प्रदर्शन, कति भयो कारोबार ?
-
किसानलाई पचास प्रतिशत अनुदानमा कृषि उपकरण
-
मुस्ताङको घरपझोङमा स्वास्थ्य शिविर, तीन सय ५३ जना लाभान्वित
-
कैलालीमा नदीमा डुबेर १३ वर्षीय बालकको मृत्यु
-
कतारलाई हराउँदै कुवेतको नेपालसँग अंक बराबर