एन्फाले पायो एएफसी गोल्ड अवार्ड
शनिबार, १७ कात्तिक २०८१, १५ : २९

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) एएफसी मेम्बर एसोसिएसन अफ द इयर २०२३ अन्तर्गत गोल्ड अवार्डद्वारा सम्मानित भएको छ । एन्फाले शनिवार एक विज्ञप्ति जारी गरी सो अवार्ड प्राप्त गरेको जानकारी दिएको हो ।
यो सम्मानले सीमित श्रोत साधन, न्यून पूर्वाधार र विविध चुनौतीहरूको बाबजुद पनि नेपाली फुटबललाई उचाइमा पुर्याउन एन्फाले देखाएको साहस र प्रतिबद्धतालाई अन्तर्राष्ट्रिय मान्यता प्राप्त भएको एन्फाले जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ : ‘अखिल नेपाल फुटबल सङ्घलाई एएएफसी मेम्बर एसोसिएसन अफ द इयर २०२३ अन्तर्गत गोल्ड अवार्डद्वारा सम्मान गरिनु नेपालीहरूको गर्वको विषय हो ।’
यस विशेष अवसरमा प्राप्त गरिएको यस ऐतिहासिक उपलब्धिका लागि एन्फाले एसियाली फुटबल महासङ्घ (एएफसी) प्रति हार्दिक आभार समेत प्रकट गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फागुन शुक्ल पूर्णिमाः हिमाली र पहाडी जिल्लामा मनाइयो होली पर्व
-
उच्च अदालतको फैसला- अब रवि र छविको मुद्दा एकैसाथ हेरिने
-
भक्तपुरमा तीव्र गतिको गाडी दुर्घटना, ८ जना घाइते
-
पर्साको बालसुधार गृहमा होली मनाइयो
-
उच्छृङ्खल गतिविधि गरेको आरोपमा ५५ जना नियन्त्रणमा
-
होलीमा अवाञ्छित गतिविधि गरेको आरोपमा काठमाडौँबाट ५० जना पक्राउ