तिहारमा ढाकाटोपीको व्यापार बढ्दो छ : व्यापारी

काठमाडौँ । तिहारमा ढाकाटोपीको व्यापारबाट ललितपुर पाटनका व्यापारीहरू सन्तुष्ट देखिएका छन् ।
स्थानीय व्यापारी नहकुल सिलवालले यस वर्ष पनि तिहारमा भाइटीकाका लागि ढाका टोपीको व्यापार राम्रो भइरहेको उल्लेख गर्दै सन्तुष्टि व्यक्त गरे । उनले गत वर्ष भन्दा यस वर्ष सो टोपीको मूल्य धेरै सस्तो भएको पनि जानकारी दिए ।
सर्वसाधारणले पनि लगाउन मिल्ने गरी सस्तोमा बजारमा टोपीहरू आएको व्यापारीहरूको भनाई छ । उनीहरूले ढाकाटोपी नेपालको शान भएकाले त्यसको प्रयोग पनि बढ्दै गइरहेको प्रतिक्रिया दिए ।
व्यापारी सिलवालले भने,‘पोहोरको दाँजोमा यस वर्ष एकदम सस्तो भएको छ । विशेष गरेर सानोतिनो वर्गका मान्छेले पनि टोपी लगाउन सक्ने स्थितिको टोपीहरू बजारमा आएको छ । अरूमा मूल्य बढे पनि टोपीमा घटेर आएको छ । एउटा सर्वसाधारणले लगाउन सक्ने खालको स्थितिमा आएको छ टोपी । तिहारको कारणले टोपीको व्यापार पनि राम्रै भइराखेको छ ।’
नेपालमा चाडपर्व दसैँ–तिहार, विवाह, व्रतबन्धलगायतका उत्सवहरूमा ढाकाटोपीको अधिक प्रयोग हुन्छ । विशेष गरी तिहारमा दिदीबहिनीले दाजुभाइलाई उपहारको रूपमा पनि ढाकाटोपी दिने चलन अधिक रूपमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले मोरङको जिल्ला अधिवेशन प्रभावित, चुनाव भोलि मात्रै
-
राजसंस्था फर्काउने भन्दै पोखरामा राप्रपाको मोटरसाइकल र्याली, तस्बिरहरु
-
क्यानडा र मेक्सिकोमा कर लगाएपछि अमेरिकी सेयर बजार ओरालो लाग्यो
-
ललिता निवास जग्गा प्रकरणको फैसलाविरुद्ध सर्वोच्च पुग्यो अख्तियार
-
बोर्डमा ‘महिला चलचित्र महोत्सव’ सुरु
-
यूपीका मुख्यमन्त्री आदित्यनाथको दाबी- महाकुम्भमा एउटा पनि अपराधको घटना भएन