वीरगन्ज कारागारको खानेपानी र शौचालयको समस्या समाधान गर्न मन्त्री यादवको निर्देशन
पर्सा । खानेपानी मन्त्री प्रदीप यादवले वीरगन्जस्थित कारागारको अनुगमन गरेका छन् । शनिबार कारागार पुगेर मन्त्री यादवले त्यहाँको समस्याबारे जानकारी लिएका हुन् ।
त्यस अवसरमा कैदीबन्दीले कारागारमा खानेपानीको अभाव भएको, शौचालय एउटा मात्रै भएको, भान्सामा समेत छाना नभएको लगायतका समस्या राखेको र आफूले तत्काल ती समस्या समाधानका लागि काम सुरु गर्न स्थानीय निकायलाई आग्रह गरिएको मन्त्री यादवले बताए । स्थानीय तहका जनप्रतिनिधि र प्रहरी प्रशासनसहित कारागारमा पुगेका उनले ती समस्याहरू तत्काल समाधान हुने गरी काम गर्ने पनि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिए ।
मन्त्री यादवले भने, ‘यहाँ आउँदा कैदीबन्दीको समस्या पनि सुनेँ, नाइकेहरूलाई बोलाएर उहाँहरूको पनि कुरा सुने । के समस्या छ त भनेर सोधेँ । महिला पुरुष दुवैको समस्या सुन्दाखेरी उहाँहरूको छुट्टाछुट्टै समस्याको कुरा आयो । एउटा यहाँ शौचालयको समस्या आयो । शौचालय भत्केको अवस्था छ । लाइन लागेर बस्नुपर्ने भएकाले धेरै कैदीबन्दीको पाइन्टमा नै पिसाब गर्नुपर्ने अवस्था देखियो । ती समस्याहरू छन् । अर्को खानेपानीको समस्या छ । अर्को बिजुलीको समस्या पनि राखेका छन् । वायरिङको समस्या भएकाले एउटा कैदीबन्दीको केही समय अघि मृत्यु पनि भएको थियो । कैदीबन्दीको किचनको पनि समस्या छ । छाना नभएको अवस्था हो । यी अवस्थाहरू उहाँहरूले बताउनु भयो । अब तत्काल शौचालय बनाउने काम, बोरिङ बनाउने काम, बिजुलीको वायरिङ गर्ने काम, छाना फेर्ने काम मैले तत्काल पहल गरेर सुरु गर्छौँ भनेको छु । स्थानीय तहसँग पनि कुरा गरेर यो काम अघि बढाउँछु । ’
त्यस अवसरमा मन्त्री यादवले कारागार प्रशासनलाई कैदीबन्दीको आधारभूत आवश्यकता पूर्ति गर्ने दिशामा सचेत भएर काम गर्न पनि निर्देशन दिनुभएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिग : म्यान्चेस्टर सिटी हारबाट जोगिंदा, म्यानयु, चेल्सीको विजोग
-
रामग्राममा बुद्धकालीन सहरको संरचना भेटिएको दाबी
-
मनमोहन : आर्थिक उदारीकरणका नायक, अथार्थवादी नेता
-
मनमोहन सिंहको निधनबारे के भन्यो अस्पतालले ?
-
१२ बजे, १२ समाचार : भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधनदेखि अदालतमा रविको ३ घण्टा बयानसम्म
-
मोदीले यसरी सम्झिए पूर्वप्रधानमन्त्री मनमोहन सिंहसँगको गहिरो सम्बन्ध