हङकङ सिक्सेस : क्वार्टरफाइनलमा श्रीलंकासँग स्तब्ध बन्यो नेपाल
![हङकङ सिक्सेस : क्वार्टरफाइनलमा श्रीलंकासँग स्तब्ध बन्यो नेपाल](https://npcdn.ratopati.com/media/news/hongkong-sixes_fwiHfJXjcq.jpg)
काठमाडौँ । हङकङ सिक्सेस प्रतियोगिताको क्वार्टरफाइनलमा शनिबार नेपाल श्रीलंकासँग ४० रनले पराजित भएको छ ।
जीतका लागि १ सय २४ रन पाएको नेपालले ५ ओभरमा सबै विकेट गुमाएर ८३ रन मात्र बनाउन सक्यो । नेपालका लागि रासिद खान*ले सर्वाधिक ५५ रन बनाए । उनले १८ बलमा १ चौका र ८ छक्का प्रहार गरे ।
नारायण जोशीले १३ रन बनाए भने लोकेश बमले ६ रन जोडे । विवेक यादवले ५ रनको योगदान दिए ।
श्रीलंकाका लागि लिहिरु समाराकुन र थारिन्डु रथनायाकेले २–२ विकेट लिए । लिहुरु मधुशंका र धनञ्जय लक्सनले १–१ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ६ ओभरमा २ विकेटको क्षतिमा १ सय २३ रन बनाएको थियो । टोलीका लागि सदुन विराकोडीले १४ बलमा सर्वाधिक ५० रन बनाए । उनले ४ चौका र ५ छक्का प्रहार गरे ।
त्यस्तै, कप्तान लिहुरी मधुशंकाले ८ बलमा ३१ रन बनाए । उनले १ चौका र ४ छक्का हिर्काए । लिहिरु समाराकुनले ५ बलमा २२ रन तथा थानुका दबारेले ९ बलमा १८ रन जोडे । नेपालका लागि प्रतिश जिसी र नारायण जोशीले १–१ विकेट लिए ।
नेपाल पुल बीबाट समूह विजेता बन्दै क्वार्टरफाइनलमा प्रवेश गरेको थियो । नेपालले समूहमा अस्ट्रेलिया र इंग्ल्याण्डलाई उछिन्न सफल भएको थियो । श्रीलंका पुल डीको विजेता हुँदै अन्तिम ८ मा प्रवेश गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन्तान सम्बन्धको आँसु !
-
एनआईसी एशिया लघुवित्तको साढे चार लाख कित्ता शेयर रूपान्तरण हुँदै
-
पछिल्लो आठ पालीमा एक शतक, ६ अर्धशतक र पाँच सयभन्दा बढी रन
-
ट्रम्पले भने, ‘प्यालेस्टिनीहरूलाई आफ्नो देशमा राख्न अस्वीकार गर्ने देशहरूको सहयोग रोक्छु’
-
मस्कको ओपन एआई किन्ने प्रस्ताव अस्वीकार गर्दै अल्टम्यानले दिए ‘एक्स’ किन्ने अफर
-
अण्डा भन्दा बढी प्रोटिन पाइन्छ यी दुई शाकाहारी खानामा