आइतबार, १८ कात्तिक २०८१
ताजा लोकप्रिय
कथा

मान्छे र सर्प

शनिबार, १७ कात्तिक २०८१, १६ : ००
शनिबार, १७ कात्तिक २०८१

सोनाम सिक्री तान्दै ट्याक्सीबाट ओल्र्यो । उसका पछिपछि करुण आवाजमा कुइँकिदै निस्क्यो, उसको मालिकको कुकुर । कुकुर जङ्गी थियो, पुलुक्क हेर्दैमा सातो जालाजस्तो । अनि नाउँ पनि उस्तै जण्ड थियो– ब्रान्ट । 

फुटपाथमा उभिएर सोनामले वातावरण नियाल्यो । उसको जिउ त्यसै–त्यसै चङ्गा भएर आयो र मन भयो आनन्दले फुरुङ्ग । कुकुरको गोठालो भएरै भए पनि महिनौँपछि आज उसले खुला हावामा चैनको सास फेर्न पायो । 

आँखा ठोक्किने ठाउँमा धेरै पर सुलुत्त उठेको डाँडो छ । डाँडामा छ मनमोहक हरियाली । उसले मुन्टो उठाएर उचाइतिर आँखा हुर्‍यायो । माथि छ निलो आकाशको अनन्त विस्तार । माथि हेर्दै सोनाम आनन्दविभोर भयो । उसलाई कतै उडुँ कि कतै गुडुँ कि लाग्यो । मालिकका दरबारका चार पर्खालभित्रको झ््यालखानबाट बाहिर निस्कन पाउँदा उसलाई फुक्कापनको बयान गरिनसक्नु चैनको अनुभूति भयो । 

सोनाम ब्रान्टलाई डोर्‍याउँदै पशु डाक्टरको क्लिनिकभित्र पस्यो । सबैका आँखा ब्रान्टतिर खिचिए— त्यहाँ भएका कुकुरका पनि, ती कुकुरका गोठालाका पनि । क्लिनिक कुलीन हैसियतको थियो । उसो त त्यहाँ दबाईमुलो गर्न ल्याइएका कुकुर पनि त कुलीनै घरानाका थिए । ब्रान्टको अजङ्गको जिउडाल र विराट् व्यक्तित्व देखेर अरू कुकुर डरले थरहरी भए । पुच्छर टाँगामुनि लुकाएर ती कुइँकुइँ गर्न थाले । ब्रान्टले शानले जगर फुलायो र अहंकारले मैमत्त भई आलोपालो गरी तिनलाई हेर्‍यो । त्यसरी जसरी अत्याचारी राजाले आफ्नो बढाइँ गर्न फुटपाथमा लस्करै उभ्याइएका रैतीहरूलाई हेर्छ । 

ब्रान्टको विरल व्यक्तित्व देखेर विपीनबाबु मुग्ध भयो । विपीन ठुलो मानिस थियो– पहिलेको पञ्च नेता, अहिलेको प्रजातन्त्रवादी । उसले ब्रान्टलाई र आफ्नी लुसीलाई नियाली–नियालीकन हेर्दै तिनका व्यक्तित्वको ओजन आँखै–आँखाले तौल्यो । ब्रान्टका मुखेन्जी आफ्नी लुसी उसलाई हात्तीका मुखेन्जी मुसोजस्तो लाग्यो । मुसो पनि कस्तो भने पेटभरि खान नपाएको, भिजेको र खकारमा लुटपुटिएको । 

‘कसको कुकुर हो यो ?’ उसले कौतुकमय स्वरमा सोध्यो ।

‘हाम्रा मालिकको,’ यन्त्रवत् रूपले सोनामले उत्तर दियो । 

‘नाउँ त होला नि मालिकको ?’ 

‘नाउँ के जाती गगनजङ्गबहादुर ।’ 

‘मान्छेले आफ्नै घरको मालिक बन्न पाउनुपर्छ । मान्छेले मान्छे सुहाउँदो इज्जत पाउनुपर्छ । मान्छेले रोजेर घरजम गर्न पाउनुपर्छ ।’ आखिरमा उसले टेबुल ठोकेर भन्यो, ‘मान्छेले मान्छेलाई नोकर बनाएर कजाउने दिन अब गए ।’

‘हँ ?’ आश्चर्यचकित आनन्दसाथ विपीनबाबु बोल्यो, ‘अहो ! गगनजङ्गबहादुरको कुकुर यो ?’ उसले हात मल्दै, नाक मुसार्दै, कुकुरबाट अनुपम बास्ना सुँगेको अनुभूति गर्दै क्लिनिकमा यताउति पाइला चाल्यो । ‘अहो ! गगनजङ्गबहादुरको कुकुर यो ?’ आफ्नै बोलीबाट अमृतको रस लिएझैँ ऊ त्यसैत्यसै पुलकित भयो । ऊ कुनाको बेतको मेचमा बस्यो । उसले चुरोट सल्कायोे र उपर्खुट्टी लाउँदै दाहिने खुट्टो हल्लायो । चुम्बकको ढिकोमा फलामको कण टाँसिएझैँ उसका आँखा ब्रान्टको जिउमा टाँसिएका थिए । बाफ रे ! जिउडाल पनि कत्रो ! सानोतिनो राँगाकै जत्रो । टाउको क्या खाइलाग्दो ! अनि कान ? फेरि जिउको भुवा कस्तो नि ! खरायाको जस्तो– मुलायम, सफाचट्, कञ्चन । मेरी बास्सै, ब्रान्टका आँखा कति हिंस्रक ! तब न गगनजङ्गबहादुरको कुकुर ! विपीनबाबुले ल्याप्प ओठ चाट्यो । विपीनबाबुलाई लाग्यो, गगनजङ्गबहादुर भनेको ब्रान्ट हो । अनि ऊ आफूचाहिँ त्यै लुसी हो । पहिले पञ्चायतका पालामा गगनजङ्गबहादुर फुलमन्त्री हुँदा उसमुनिको सहायक मन्त्री थियो ऊ । गगन सवारजस्तो थियो र ऊचाहिँ उसको घोडाजस्तो । 

‘के नाउँ रे तिम्रो ?’ सोनामका कुममा धाप मार्दै विपीनबाबुले सोध्यो । ‘हँ ? सोनाम रे ? अँ, मालिक भन्दैमा हुन्छ ? तिम्रा मालिक भनेका, बुझ््यौ सोनाम, मान्छे हैन, हिराको टुकुरा हुन् । अँ, तिमी बडो भाग्यमानी रहेछौ, सोनाम । हुँ ! त्यस्ता मालिकको यस्तो कुकुर डोर्‍याउन पाउनु !’ त्यसपछि विपीनबाबुले गगनजङ्गबहादुरका अनेकन् गुणहरूको बखान गर्‍यो । 

आफ्नो मालिक ठुलो मान्छे हो भन्ने त सोनामलाई थाहा थियो । तर ऊ ज्ञानी मान्छे हो भन्नेचाहिँ उसलाई थाहा थिएन । उसले पक्क परेर मालिकका गुनहरूबारे सुन्यो ।

‘दयाका सागर हुन् तिम्रा मालिक,’ विपीनबाबुले परिपाठ लगायो, ‘दुनियाँका अभागीहरूको भाग्यको ढोका खोलिदिन उनी मरिमेटेर लाग्या छन् । हँु ! माल पाएर मान्छेले चाल पाउनुपर्छ, बुझ््यौ सोनाम ?’

सोनाम वाल्ल परेर उभिइरह्यो । बोरामा भुस खाँदैझैँ सोनामका मथिङ्गलमा उसका मालिकको गुणगान खाँद्न विपीनबाबुले कुनै कसर बाँकी राखेन । भन्दै जाँदा उसले भन्यो, ‘गगनजङ्गबहादुर अचेल दीनदुःखी र दलितहरूलाई उठाउने अभियानमा मग्न छन् । यस फाँटका उनी जस्ताजस्ता मानिस हैन, राज्जा हुन् । उनी जहाँ पुग्छन्, उनका वरिपरि मानिसहरू झुम्मिइहाल्छन् । अहो ! मान्छे हुनु त त्यस्तो पो !’ 

सोनामले चाल पायो, नजिकै कतै गगनजङ्गबहादुरको भाषण छ । लुसीको मालिक उसलाई लोभ्याउँदै गयो, उसलाई गएर आफ्ना मालिकको भाषण सुनुँ–सुनुँ लाग्यो । ब्रान्टलाई सुई दिने पालो आएको थिएन । कुकुरहरूको लाम लामै थियो । अधीर हुँदै उसले पालो पख्र्यो । डाक्टरले सुई लगायो, सोनामले दस्तुर बुझायो र ब्रान्टलाई हत्तपत्त ट्याक्सीमा हालेर ऊ मालिकको दरबारमा पुग्यो । दरबारमा भयावह शान्ति व्याप्त थियो । मालिक्नी सुकला होइसेको थियो । माली बगैँचामा थिएन । आज धोबी आउने पालो होइन । बाहिरी संसारको चहलपहलको चेत पाएको सोनामलाई त्योे विशाल, जर्जर र कुरूप दरबार भूतहरू परेड खेल्ने मैदानजस्तो लाग्यो । ब्रान्टलाई तताउँदै नताईकन बासी भात र चिसो मासु टक््रयाएर सोनाम हुर्रिंदै मालिकको भाषण सुन्न पुग्यो । विपीनबाबुले भनेको ठाउँ ठम्याउन उसलाई उति गाह्रो परेन । 

संकोच मान्दै, वातावरणमा बिरानोपनको दकस अनुभूत गर्दै, भित्रभित्रै डरले खुम्चिँदै सोनामले मूल ढोकाबाट सभाकक्षभित्र चियायो । उसको मालिक अग्लो मण्डपमा लाए–खाएका मानिसका बिचमा विचारमग्न भइबसेको थियो । कतै देखिहाल्यो भने ? सोनामको आङ सिरिङ्ग भयो । के गरुँ, कसो गरुँ हुँदै ऊ पछिल्लो ढोकामा पुग्यो । ढोकाबाट चियाउँदा उसले चाल पायो— मालिक च्युँडामा हात राखेर गम खाइरहेको छ । उसको भारी मन तैबिसेक हलुङ्गो भयो । एउटा अजीवको दाह्रीवाल भाँती पारीपारीकन स्वर झार्दै र उकास्दै ढ्वाङमा बोलिरहेको थियो । भगुवा विद्यार्थीझैँ सोनाम लुसुक्क भित्र पसेर ढोकैनेरको पछिल्लो सिटमा थ्याच्च बस्यो । 

अब बोल्ने पालो आयो गगनजङ्गबहादुरको । बोल्नै नथाली उसले एक राउन्ड ताली पाइहाल्यो । सोनामले पनि अतालिँदै ताली बजायो । उसले सास रोकेर, कान तिखारेर, एकाग्र चित्तले मालिकको भाषण सुन्यो । विषयका चार किल्ला बाँधेर मालिकले नागरिक अधिकारका कुरा गर्‍यो– घरी अंगे्रजीमा, घरी हिन्दीमा, घरी नेपालीमा । ‘मान्छेले आफ्नै घरको मालिक बन्न पाउनुपर्छ । मान्छेले मान्छे सुहाउँदो इज्जत पाउनुपर्छ । मान्छेले रोजेर घरजम गर्न पाउनुपर्छ ।’ आखिरमा उसले टेबुल ठोकेर भन्यो, ‘मान्छेले मान्छेलाई नोकर बनाएर कजाउने दिन अब गए ।’ 

मालिकका गुलिया वचन सुनेर सोनामले मनमनै भन्यो— स्याबास् ! उसको चाउरिएको चित्तका सहस्र द्वारबाट हर्षका फोहरा फुटे । उसलाई लाग्यो, उसको मालिक उसको चित्तका पत्रपत्र केलाउँदै, सहस्र घाउहरू सुमसुम्याउँदै, चहर्‍याइँदा ती घाउमा शीतल मलम लाइदिँदै मायाको मुलायम लबजमा बोलिरहेछ । अहो ! दुःखीका दिलको दुःख बुझ््ने कस्तो अन्तर्यामी ! स्वास्नी रोजेर घरजम गर्न पाउनुपर्छ ! सोनामले गम खायो, त्योे बोल्ने उसको मालिक गगनजङ्गबहादुर होइन, त्योे त ऊ आफँै हो । सोनामको चोला फेरेर गगनजङ्गबहादुर बोलिरहेछ— मान्छेले आफ्नै घरको मालिक बन्न पाउनुपर्छ । मान्छेले मान्छे सुहाउँदो इज्जत पाउनुपर्छ । मान्छेले रोजेर घरजम गर्न पाउनुपर्छ । 

छेउका श्रोताको घुँडो यसोक्क कोट्याएर सोनामले गर्वसाथ भन्यो, ‘हाम्रा मालिक ! बुझ््नु भो ?’ 

त्योे श्रोता डायरीमा भाषण टिप्दै थियो । झर्केर उसले सोनामको हात हुत्यायो । सोनाम उठेर बाटो लाग्यो । 

मालिकको भान्सा कोठामा लुते धन्दा गर्दै आज निकै दिनपछि सोनामले बितेका दिनका दुःखका कथा सम्झ््यो । ३५ वर्षअघि पश्चिम पहाडी भेगमा जन्मेको थियो ऊ । काकीका मुखबाट उसले सुनेको हो– ऊ वर्षीको हुँदा उँधैउँभैको व्यथाले उसको बाबु मर्‍यो । बाबु मरेको वर्ष दिन नबित्दै उसकी आमा पोइल गई । अनाथ सोनामलाई उसका काकाकाकीले पाले । बाह्र वर्षको उमेरमा जागिर खाने एक जना गाउँलेले उसलाई ललाइ–फकाईकन यता सहरमा ल्यायो र यस दरबारमा कैदी बनायो । ऊबेला गगनजङ्गबहादुर मन्त्री थियो । ऊबेला उसको चकचकी, उसको रोब–रवाफ, उसको शान–सौकात अर्कै थियो । सोनामले सुरुमा जुठा भाँडा माझ््यो, कुचो लगायो र मालिकको कुकुरलाई पटाङ्गिनीमा सैर गरायो । 

‘हिँ ! हिँ !’ ङिच्च हाँस्दै सोनाम बोल्यो, ‘हिँ ! हिँ ! आज मैले नि मालिकको भासन सुनेँ ।’ मालिक चकित भयो । मानौँँ निलो आकाशबाट उसको थाप्लोमा चट्याङ पर्‍यो । ‘हँ, तैँले ?’ अपत्यारिलो स्वरमा उसले भन्यो, ‘ब्रान्टलाई क्लिनिकमा छाडेर ? हुँ ! कस्ले निम्ता गर्‍या’थ्यो तँ जाँठालाई मेरो भाषण सुन्न ?’

पकाइ–तुल्याई गर्ने एकसे एक तरुनी दरबारमा थिए । किन हो कुन्नि सोनामलाई थाहा भएन, मालिक्नी कहिलेकाहीँ दरबारका भित्ता थर्किने गरी चिच्याएर मालिकको सातो खान्थी । त्यसपछि पुराना तरुनीहरू हराउँथे र तिनको सट्टामा नयाँ तरुनी देखापर्थें । पछिपछि सबै तरुनी एकएक गर्दै लखेटिए र पकाइ–तुल्याई गर्ने काम पनि सोनामका काँधमा थपियो । ऊ सम्झन्छ, भान्सेमा भर्ती भएपछि मालिक्नीले उसलाई पाकविद्या सिकाउने कक्षामा भर्ती गरिथी । त्यहाँ सिकाउने गुरुमा एउटी मिमसाप थिई । अनपढहरूलाई उसका कुरा बुझाउने कपाल छोट्याएकी नेपाली आइमाई थिई । किञ्चित् मन्द बुद्धिको भए पनि सोनाम उल्लु थिएन, ऊ एकाग्र थियो । सिकाएका कुरा उसले मिलिक्कै टिपिहाल्यो । थरीथरीका पाकपरिकार बनाइ–तुल्याई गर्ने उसको सीप एउटा त्यस्तो डोरी बन्न पुग्यो, जसले यस दरबारका किला–किलामा चौपायालाई झैँ उसलाई बाँधिदियो । 

ऊबेला गगनजङ्गबहादुर राजनीतिक डबलीको हिरो थियो । उसको पटाङ्गिनीमा फूलको खोजीमा मस्त रहेका भोका मौरीजस्ता आसेपासेको गोलो गुनगुनाइरहन्थ्यो । उसको विशाल बैठकमा ठुलाबडाका बैठकपछि बैठक चल्थे । साना–ठुला भोतभतेरका त के कुरा गर्नु ! दरबार यस्तो जर्जर थिएन । भित्तामा प्लास्टर थियो, प्लास्टरमाथि रङरोगनको सजावट थियो । पटाङ्गिनीमा बाग–बगैँचा, चौतारी–फलैँचा, रहस्यमय झ््यासझाडी, सानातिना फोहरा र पोखरी खस्कँदो अवस्थामा भए पनि जिउँदै थिए । मालिक्नी कचकचे थिई । नाननिक नगरी उसका घाँटीबाट गाँस छिर्दैनथ्यो । 

मालिकका तीन भाइ छोरा थिए, थामिनसक्नु उद्दण्ड । तर, आज त्योे दरबार नाङ्गो छ, छोराहरूले छाडेको, रङरोगन खुइलिएको, मकाएर प्लास्टर झरेको, अधबैँसे आइमाईको उजाड सिउँदोजस्तो । त्यहाँ विशेष शोभा केही छैन, त्यहाँ कुनै शान छैन, जीवन्त चहलपहल त्यहाँ केही छैन । 

सोनाम सम्झन्छ— उसले पकाइ–तुल्याई गरेको मिठो, पोषिलो र फालाफाल परिकारले पुस्टिएर मालिकका छोराहरूले पखेटा हाले । एउटा छोरो कुइरेको देशमा पढ्न गएको थियो, कुइरिनी पट्याएर उतै हरायो । एउटा छोरो सोखले पात्तिएर छाडा भयो र बेपत्ता रक्सी धोकेर मर्‍यो । र, एउटा छोरो अंशबन्डामा बाबुसँग तँ तँ र म म गरेर दरबारबाट फन्किँदै हिँडेको थियो, फर्केर आएन । अब दरबारमा मालिक्नी बाँकी छ, उसको नाननिक बाँकी छ, उसको थल्थले जिउको ऐय्याआत्थो बाँकी छ । अनि बाँकी छ, उसको मालिक गगनजङ्गबहादुर र विशाल दरबारका पहराजस्ता पर्खालभित्र कैद भएको सोनाम । सोनामका भग्न सपनाहरू त्यहाँ छन् । चिच्याउन नपाएका उसका चीत्कारहरू त्यहाँ छन् । उसका हृदयको पत्रपत्रमा लुकेका अनगिन्ती घाउहरू त्यहाँ छन् । त्यहाँ उसका सुस्केराहरू छन्, त्यहाँ उसका औडाहाहरू छन् । 

मकाएका भित्ता, थाम र सिलिङहरू हेर्दा सोनामलाई लाग्छ, ऊ पनि भित्रभित्रै त्यस्तै जर्जर र भग्न भएको छ । उसका रहरहरू त्यसरी नै चर्केर धुलिँदै छिन्नभिन्न भएका छन्, जसरी भित्ताको प्लास्टर धुजाधुजा भएको छ; विरूप, विकृत र बैरागलाग्दो भएको छ । 

सोनाम आफ्नो उजाड रूपको कल्पना गर्दै चुलोको लुते धन्दामा तल्लीन छ । मालिकले अलिछिनअघि भनेका महमय वचनले उसको हृदयका टाक्सिएका सपनाहरूमा आशाका तरङ्गहरू सञ्चार गरिदिएको छ । 

हो, कुनै दिन उसका पनि रहरलाग्दा सपना थिए । उसका पनि अदम्य तिर्सना थिए । त्योे सम्झँदा उसलाई आफ्नै अतीत बिरानोजस्तो लाग्छ । ऊ तर्कना गर्छ, गगनजङ्गबहादुर ज्ञानी मानिस हो कि गोमन सर्प हो ? दिउँसोका मिठा वचन सुनेपछि मालिकबारे उसलाई ठुलो अलमल भएको छ । दरबारीभित्रको मालिक गगनजङ्गबहादुर को हो ? दरबारबाहिर दीन–दुःखीका चित्तमा पसेर तिनका दुःखका कथा कहने गगनजङ्गबहादुर को हो ? अनपढ, सोझो र जीवनभर झ््यालखानामा थुनिएको सोनाम भन्न सक्दैन— को को हो र जीवन किन यति निठुरी भएको हो ?

लुते धन्दामा लीन भएको सोनाम गगनजङ्गबहादुरकै कुरा मनमा ओर्काइ–फकाई खेलाइरहेको छ । पाकपरिकार तुल्याउनमा पारङ्गत भएपछि एक दिन गगनजङ्गबहादुरले सोनामलाई मायालु स्वरमा भनेथ्यो— ‘सुन् सोनाम ! आइन्दा म तँलाई काम अन्सारको निमेक छुट्ट्याइदिन्छु । ब्याङ्कमा तेरो खाता हुन्छ । खातामा तेरो निमेक महिनैपिच्छे जम्मा हुन्छ ।’ 

अनि अलि महिनापछि उसले सस्याना कापीजस्ता दुइटा जिनिस टेबुलमा राख्दै भनेथ्यो– ‘बुझिस् सोनाम, यो तेरो तलब जोडिँदै जाने पासबुक हो, अनि यो चाहिँ मन लागेका बेला मन लागे जति पैसा झिक्ने चेकबुक हो ।’ 

सोनामले वाल्ल परेर मालिकका कुरा सुनेथ्यो ।

‘मेरा कुरा सुन्, सोनाम । पैसाको जात चञ्चल हुन्छ । हातमा पर्‍यो कि त्योे सकियो । तैँ भन्त केटा, मेरो के थिएन ? जिजुबाजेका पालामा सिङ्गो नेपाल हाम्रो थियो । हालहुकुम हाम्रा थियो । मेरै आँखाले देख्या, बाजेका पालामा यस्ता नाथे दरबार त कति थिए कति ! बाबुकै पालामा पनि हाम्रा बडाबडा मौजा थिए, हुलका हुल हात्ती थिए । हाम्रा धाई–सुसारे कति थिए कति ! अनि हाम्रा सुनका लाप्सा ! आज खाली हातबाहेक मसँग के छ ? अहो ! मेरै वीर्यबाट जन्मेका मेरा छोरा पनि आज मसँग छैनन् ।’ 

सोनाम सम्झन्छ, यसो भन्दा गगनजङ्गबहादुरको स्वर सुस्तरी कामेको थियो । उसका आँखाका कोस रसाएका थिए । ’त्यसैले बाबु,’ उसले आखिरमा भनेथ्यो, ‘मेरो आज्ञा बेगर तैँले यो पैसा छुन पाउँदैनस् । यो तेरो बुढेसकाललाई तातोपानीको जोहो हो, तैँले बुझिस् ?’ 

मौन मूर्तिझैँ सोनामले ‘बुझेँ भनेर मुन्टो हल्लाएको थियो । 

मालिकको त्योे नाटक दयाको निसानी हुँदो हो कि उसलाई सिक्रीले बाँधेर दरबारभित्रै सडाउने दाउ हुँदो हो ? सोनाम यसै हो भन्न सक्दैन । अबोध बालककालमा यस दरबारभित्र पस्दा डरले उसको ब्रह्माण्ड हल्लिएको थियो । पछि दरबारका विशाल पहराका चेपचेपमा ऊ यसरी अड्कियोे, त्यहाँबाट फुत्केर बाहिर निस्कने कल्पनाधरी उसका लागि डरलाग्दो हुँदै गयो । पहरा बाहिरको खुला संसारमा न उसले राम्ररी चिनेको कोही थियो, न त उसलाई कसैको ठरठेगनको मेसो नै थियो । फुक्का जीवन जिउने उसका रहरहरू यसरी ओइलाएर झरे । उसका बैँसालु सपनाहरू यसरी पहराका चेपमा परेर टाक्सिए । 

बाबु भने पनि, आमा भने पनि, साथी भने पनि उसको कोही थियो भने उही उसको मालिक थियो— उही गगनजङ्गबहादुर । गगनजङ्गबहादुरका आफ्नै खालका सस्याना सिद्धान्त र सोखहरू छन् । उसको मूल सिद्धान्त के छ भने बाबुबाजेको बिँडो थाम्नुपर्छ । नभन्दै बिँडो थाम्नलाई उसले बाबुबाजेका एकाध सोखलाई बडो निष्ठासाथ पालन गरेको पनि छ । जाडो हिउँदको पहारिलो घाममा लमतन्न सुतेर आङमा मालिस गराउने उसको सोख चलेको चल्यै छ । मालिसको आनन्दबाट उत्तेजित हुँदै ऊ अझै भन्छ, ‘सोनाम, तेरा औँला त तरुनीका जस्तै नरम छन् ।’ 

पुर्खाले छाडी गएको एउटा प्रिय नासो गगनजङ्गबहादुरसँग छ । त्योे हो, तान्ने टुटीमा सुनको काँजो जडेको हुक्काको नली । राति सुत्नुअघि त्यस नलीबाट ऊ गुडगुड–गुडगुड तमाखु तान्छ । सोनामलाई थाहा छ, तमाखु तानेको बखतमा ऊ औधी खुसी देखिन्छ । तमाखुको मुडमा ऊ सोनामसित यति नरम भएर कुरा गर्छ, मानौँ उनीहरू एक आँतका साथी हुन् । ऊ पितापुर्खाले रैती दुनियाँलाई आफ्ना पैतालामुनि कजाएर गरेका चकचकीका कुरा गर्छ । ऊ दिनदशाले गर्दा खाली भएका आफ्ना अभागी हातको वैरागलाग्दो कथा हाल्छ । तमाखु खाइसकेपछि एक लोटा पानी खाएर ऊ पितृहरूको सम्झना गर्छ । पुर्खाहरूले छाडी गएको एउटा चाँदीको करुवा लोटा उसले अझै जतनसँग जोगाएर राखेको छ । ऊ भन्छ, करुवाको टुटीबाट घटघट पानी खाएर सुत्दा कहिलेकाहीँ म जवानीको हरियाली फर्केको मिठो सपना देख्छु ।

गगनजङ्गबहादुरले तमाखु खाइसक्यो । अनि सोनामलाई डाकेर अह्रायो, ‘अब मेरो पानी ले ।’ सोनाम अदपसाथ दुई हातले करुवा लोटा बोकेर मालिकको बैठकमा पस्यो । सोनाम बडो भावुक मनोदशामा थियो । मालिकका मिठा वचनले आज उसको उदास चित्तको जमठ चट्टानलाई हल्लाइदियो । चट्टानमुनि थिचिएका उसका सपना चट्टानमुनि चेप्टिएको दुबोझैँ हावा, पानी र प्रकाश खोज्दै भारी शिर उठाएर आशाको अजम्मरी संसारतिर लम्किन खोजे । 

‘पानी राखेर सुत्न जा,’ मूर्तिवत् उभिएको सोनामलाई गगनजङ्गबहादुरले थकित स्वरमा भन्यो । 

‘हिँ ! हिँ !’ ङिच्च हाँस्दै सोनाम बोल्यो, ‘हिँ ! हिँ ! आज मैले नि मालिकको भासन सुनेँ ।’ 

मालिक चकित भयो । मानौँँ निलो आकाशबाट उसको थाप्लोमा चट्याङ पर्‍यो । 

‘हँ, तैँले ?’ अपत्यारिलो स्वरमा उसले भन्यो, ‘ब्रान्टलाई क्लिनिकमा छाडेर ? हुँ ! कस्ले निम्ता गर्‍या’थ्यो तँ जाँठालाई मेरो भाषण सुन्न ?’ गगनजङ्गबहादुरको क्रुद्ध स्वरले जर्जर भित्ताका एकएक कण थर्किए । 

सोनाम भावुकताको वायुपङ्खी घोडा चढेर भुवासरिको कुहिरो हुँदै परीहरूको सुदूर संसारतिर उडिरहेको थियो । मालिकको सोधाइ उसले सुनेन । त्यसैले आफ्नै सुरमा ऊ बर्बरायो, ‘सुनेँ, मालिकको भासन मैले नि सुनेँ ।’ 

‘तँ बौलाइस् ?’ कौचमा ढल्केको ढाड सोझो पार्दै गगनजङ्गबहादुर गज्र्यो, ‘अङ्खोरा राखेर तँ याँट गइहाल्, गोरु !’ 

‘मालिक, मैले साँच्ची नै सुनेँ । हिँ, हिँ, हिँ !’ 

‘थपक्क अङ्खोरा राख् र याँट हट् ।’ 

सोनाम हटेन । उसका हातसँगै हातको चाँदीको करुवा लोटा काम्यो । 

‘सुनिस् रे लौ । अब के गर्नुपर्‍यो त ?’

‘मालिक ! अब मेरो पनि आफ्नो घर, घरजम, रोज्जा स्वास्नी, मालिक....’ 

‘हँ ?’ गगनजङ्गबहादुरको नाकबाट उहिलेका जङ्गबहादुरको जस्तो स्वर थक्र्यो, ‘अब तेरो घरजम ?’ 

‘हो मालिक । दिउँसो मालिकले भनिस्या, मैले सुन्या । नोकरको पनि आफ्नै घर, आफ्नै घरजम, आफ्नै स्वास्नी, अनि केटाकेटी, ..हिँं, हिँ !’ 

‘तेरा दिन गए, बाबु !’ शान्त तर रवाफिलो स्वरमा मालिकले भन्यो, ‘तँ बुढो भइसकिस् ।’ 

दिउँसो सोनामका टाक्सिएका सपनालाई कुत्कुत्याएर उसले ब्युँझायो । अहिले उही भन्दै छ– तँ बुढो भइसकिस् । 

मालिकको त्योे वचन आगाको ज्वाला भएर सोनामका भग्न सपनाको फूलबारीमा दन्दनी बल्न थाल्यो । सोनाम छटपटायो, उसलाई आफ्नो सर्वाङ्ग जलेर खाक हुन लागेझैँ औडाहा भयो । औडाहाको कष्टकर घडीमा उसले अत्तालिँदै देख्यो, उसका आँखै मुखेन्जी उसको मालिक सर्पमा फेरिँदै छ । हेर्दाहेर्दै गगनजङ्गबहादुर अजङ्गको कालो सर्पमा फेरियो । फँणा फिँजाउँदै र जिब्रा नचाउँदै त्योे सर्प सोनामतिर घस्रिन थाल्यो । 

काँत्रिएका आँखाले ऊ हेर्दै छ— गगनजङ्गबहादुर नामको सर्प आयो ! लौ, त्योे आयो ! त्यसले उसलाई कम्मरमा बेर्‍यो र बेर्दैबेर्दै त्योे उसको छाती भएर उसको घाँटीमा बेरिन पुग्यो । लौ, घाँटीमा त्योे कस्सिन थाल्यो, अझ कस्सियो र झन्झन् कस्सियो । सोनामलाई निसास–निसास, अस्पट–अस्पट लागेर आयो । ज्यानको मायाले अतालिँदै ऊ चिच्याउन खोज्यो तर निसासिएको उसको गलोबाट स्वर फुटेन । आतेसको घडीमा उसका हातको चाँदीको करुवा लोटा मोहरीबाट छुटेको गोलीको गतिमा गगनजङ्गबहादुरको निधारमा बज्रिन पुग्यो । 

मालिक ढल्यो । उसको निधारबाट रगतको भल बग्यो । अनि नोकरले त्यहाँबाट टाप कस्यो । अलिबेरमा गगनजङ्गबहादुरले दारुण चीत्कार गर्‍यो– ‘हा !’ उसको चीत्कारले दरबारका जर्जर भित्ता थर्किए ।

कहाँ पुग्नलाई हो थाहा छैन, त्यतिखेरसम्ममा झ््यालखान वरिपरिको पहरोसरिको पर्खाल छिचोेलेर सोनाम बाहिर खुला सडकमा निस्किसकेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

खगेन्द्र संग्रौला
खगेन्द्र संग्रौला

लेखक एवं वाम चिन्तक/विश्लेषक
 

लेखकबाट थप