प्रसिद्ध फेसन डिजाइनर रोहित बलको निधन
मुम्बई । प्रसिद्ध फेसन डिजाइनर रोहित बल (६३) को शुक्रबार निधन भएको छ । उनी लामो समयदेखि मुटुसम्बन्धी रोगबाट पीडित थिए ।
सन् २०१० मा हृदयाघात भएपछि उनको एन्जियोप्लास्टी पनि गरिएको थियो । सन् १९९६ मा टाइम म्यागजिनले उनलाई भारतको 'मास्टर अफ फेब्रिक एण्ड फेन्टसी' भनेर वर्णन गरेको थियो।
रोहित बल सन् २००१ र २००४ मा अन्तर्राष्ट्रिय फेसन अवार्डमा 'डिजाइनर अफ द इयर' चुनिएका थिए। फेसन डेभलपमेन्ट काउन्सिल अफ इन्डिया (एफडीसीआई) का अध्यक्ष सुनिल सेठीले भने– रोहितलाई हृदयाघात भएको थियो । हामी सबै स्तब्ध छौँ।
रोहितको सफदरजंग इन्क्लेभस्थित अश्लोक अस्पतालमा उपचार भइरहेको थियो । रोहितलाई शुक्रबार हृदयाघात भएको थियो । डाक्टरहरूले उनलाई बचाउन २ घण्टासम्म कोसिस गरे पनि बचाउन सकेनन् ।
अक्टोबर १३ मा रोहितले दिल्लीको इम्पेरियल होटलमा ल्याक्मे इन्डिया फेसन वीकमा आफ्नो संग्रह 'कैनाट: ए ब्लूम इन द युनिभर्स' प्रस्तुत गरेका थिए । यो उनको अन्तिम शो थियो। कार्यक्रमको शो स्टपर अभिनेत्री अनन्या पाण्डे थिइन् ।
रोहितको निधनमा धेरै बलिउड सेलिब्रेटीहरूले शोक व्यक्त गरेका छन् । रोहितको शनिबार साँझ ५ बजे नयाँ दिल्लीमा अन्त्येष्टि गरिने छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल आइपुगे कमेडियन सुनिल ग्रोवर
-
एनपीएल खेल्न नेपाल आइपुगे ओमानका पूर्वकप्तान जिसन मक्सुद
-
बङ्गलादेशमा इस्कोनमाथि प्रतिबन्धको माग खारेज
-
मदन भण्डारी स्पोर्टस एकेडेमीको वार्षिक खेल कार्यक्रम सार्वजनिक
-
नवनियुक्त लेखामान बोर्ड, लेखापरीक्षणमान बोर्ड अध्यक्ष र अर्थमन्त्रीबिच भेटवार्ता
-
कीर्तिपुरमा चुनावी सरगर्मी : तस्बिरमा कांग्रेस र माओवादीको आमसभा