सय दिनमा निकै राम्रा काम भएका छन् : सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको सय दिनमा निकै राम्रो काम भएको बताएका छन् । कांग्रेस भक्तपुरले शनिवार भक्तपुरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सभापति देउवाले लोकतन्त्रमा सरकारका विरुद्ध आलोचना हुनु स्वाभाविक भएको भन्दै सरकारको सय दिनमा निकै राम्रो काम भएको बताएका हुन् ।
सरकारका विषयमा भएका आलोचनालाई मध्यनजर गर्दै आगामी दिनमा अझै राम्रो काम गर्न प्रधानमन्त्रीलाई आफूले सुझाव दिने उनले बताए । त्यस्तै सभापति देउवाले एमालेसँगको गठबन्धनमा देशभरका कांग्रेस नेता तथा कार्यकर्ताहरू खुसी रहेको धारणा राखे । अहिलेको सरकारलाई पुरा समयसम्म सफल पार्नका लागि आफूले पहल गर्ने उनको भनाइ छ ।
त्यस्तै देउवाले कुनै पनि क्षेत्र समस्या विहीन हुन नसक्ने भन्दै पार्टीभित्र देखिएका समस्याहरू पनि समाधान गर्न लाग्नुपर्ने जिकिर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन हाइवे विस्तारले जग्गाधनीको बिल्लीबाठ
-
हावाहुरीका कारण कर्णालीमा विद्युत् सेवा अवरुद्ध
-
महावीरको मार्गदर्शन परिपालन गर्न सकेमा राष्ट्रिय एकता सुदृढ बनाउन सकिन्छ : राष्ट्रपति
-
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
बेलहियामा एकीकृत भन्सार जाँच चौकी निर्माणको काम ७१ प्रतिशत सम्पन्न
-
राजदूत घिमिरे र बेलायती सभामुखबिच भेटवार्ता, संसदीय सहकार्यमा जोड