आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय
यसरी गरियो गाईगोरुको पूजा (फोटोफिचर)
तिहार

यसरी गरियो गाईगोरुको पूजा (फोटोफिचर)

शनिबार, १७ कात्तिक २०८१

काठमाडौँ । आज नेपालभर कात्तिक शुक्ल प्रतिपदा अर्थात गाई र गोरुको पूजा गरिदैछ । सनातन कालदेखि चलिआएको विधि अनुसार गाईलाई पवित्र मानी गाईको पूजा गरी आजका दिन मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ । 

gai goru puja (1)

आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षा बन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वाससमेत रहेको छ । गाई पूजाको दिन ललितपुरको स्नेहाज केयर र चोभारमा पनि मानिसहरूले गाई पूजा गरेका छन् ।

gai goru puja (2)

आजै गोरु र कृषकको पूजाआजा पनि गरिँदैछ । वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजा गरी मीठामीठा खानेकुरा खान दिने प्रचलन छ ।

gai goru puja (3)

गोरुलाई देवाधिदेव महादेवको वाहन अर्थात् साँढेका रूपमा पनि पूजा गर्ने परम्परा छ । यसै गरी वर्षभर गोरु जोत्ने हली एवम् अन्य कृषि कर्म गर्ने किसानलाई पनि आज पूजा गरी मीठा परिकार खुवाइन्छ । यसैले आजको दिनलाई हली तिहार पनि भनिन्छ ।

gai goru puja (4)

द्वापर युगमा भगवान् श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको हो ।

gai goru puja (5)gai goru puja (6)gai goru puja (7)gai goru puja (8)gai goru puja (9)gai goru puja (10)gai goru puja (11)gai goru puja (12)gai goru puja (13)gai goru puja (14)gai goru puja (15)gai goru puja (16)gai goru puja (17)gai goru puja (18)gai goru puja (19)gai goru puja (20)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया