एक सातापछि काठमाडौँसहित देशैभर चिसो बढ्ने
_g2beSPnaqS.jpg)
काठमाडौँ । अब एक सातापछि काठमाडौँ उपत्यकालगायत देशैभर चिसो बढ्ने भएको छ ।
जलवायु तथा विपद् व्यवस्थापनविद् डा धर्मराज उप्रेतीले नोभेम्बर ९ पछि ३ डिग्री सेल्सियससम्म तापक्रम घटेर चिसो बढ्ने बताए । “भारतको मौसम विज्ञान विभागले नै अब नोभेम्भर ९ तारिकपछि चिसो बढ्ने सम्भावना रहेको पूर्वानुमान गरेको छ”, उनले भने, “कहिले छिटो त कहिले ढिलो गरी चिसो सुरु हुन्छ, समान्यतया कात्तिकको अन्तिममा यहाँ पनि चिसो बढ्न सुरु हुन्छ ।”
शुक्रबार रातिसम्म काठमाडौँको तापक्रम १६ डिग्रि सेल्सियस रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि मुलुकका केही स्थानमा हल्का वर्षासमेत भएकाले चिसो महसुस भएको छ ।
चिसोयाम सुरु भएपछि मानिसलाई दम, रुघाखोकी, ज्वरोलगायत समस्या उब्जने तथा चिसोको समयमा विभिन्न रोगका जिवाणु हावामा लामो समयसम्म बाँच्न सक्ने भएकाले सतर्कता अपनाउनुपर्नेमा जनस्वास्थ्यविद्हरुले सुझाव दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी
-
राणा पक्राउ परेको सूचना संघीय संसद् सचिवालयमा
-
ज्ञानेन्द्रलाई काट्यो काठमाडौँ महानगरपालिकाले ८ वटा पत्र
-
एसएसएफबाट ५ वर्षमा १ अर्ब ८३ करोड भुक्तानी
-
ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार जरिवाना गर्ने काठमाडौँ महानगरपालिकाको निर्णय
-
हिंसात्मक गतिविधि गर्नेलाई माफी दिइन्न : योगेश भट्टराई