नागबहाल लोकतन्त्रवादीहरूको ‘बहाल’का रूपमा चिनिन्थ्यो : उपप्रधानमन्त्री सिंह
पाटन । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंंहले नागबहाललाई पञ्चायतकालमा लोकतन्त्रवादीहरूको बहालका रूपमा चिनिने गरेको स्मरण गरेका छन् । ललितपुर महानगरपालिका वडा नं १६ नागबहालमा नेपाल संवत् ११४५ को अवसरमा आज टोल सुधार समितिले आयोजना गरेको चियापान कार्यक्रममा उनले पञ्चायतकालमा नागबहालमा आफनो पिता एवम् २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंह भूमिगत भएको प्रसङ्ग उल्लेख गरे ।
“पञ्चायतकालमा दरबारले नागःबहाललाई प्रजातन्त्रवादीहरूको ’वासिङ्टन डिसी’ भनेर चिन्थे रे, त्यत्रो सङ्घर्ष गरेर प्रजातन्त्र स्थापना गर्न योगदान दिएको ठाउँलाई सम्झन यहाँ आएँ, हामीले यो इतिहासलाई पनि ख्याल गर्नुपर्यो”, उपप्रधानमन्त्री सिंहले भने ।
उनले नेपाल संंवत्ले राष्ट्रिय स्वाभिमानलाई बलियो बनाउन सधैँ प्ररेणा दिइरहनेसमेत बताए । विसं २०५६ मङ्सिर २ गते कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारले नेपाल संवत्का प्रणेता शङ्खधर साख्वाःलाई राष्ट्रिय विभूतिको मान्यता दिएको स्मरण गर्दै उपप्रधानमन्त्री सिंहले नेपालको मौलिक संवत् नेपाल संवतको अवसरमा सबै नेपालीको जीवन सुखमय होस् भन्ने शुभकामनासमेत व्यक्त गरे ।
कार्यक्रममा पूर्वउप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिँदै सरकारी कामकाजसमेत प्रयोगमा ल्याएको बताए । उनले नेपाल संवत् सबै नेपालीको साझा र नेपालको मौलिक संवत् रहेको र यसले नेपाल तथा नेपालीलाई सधैँ मौलिक र राष्ट्रिय स्वाभिमानमा गर्व गर्न सिकाउने विश्वास व्यक्त गरे ।
नगबहाल टोल सुधार समितिका अध्यक्ष विकासरत्न धाख्वाले राजनीति, समाजसेवा, जनप्रतिनिधि, प्रहरी प्रशासन, धार्मिक तथा विविध पेसाकर्मीहरू एक ठाउँमा जमघट भएर आपसी सद्भाव र बन्धुत्वको भाव सम्प्रेषण गर्न कार्यक्रम आयोजना गरिएको बताए ।
कार्यक्रममा ललितपुर क्षेत्र नं १ का सांसद उदयशम्शेर राणा, क्षेत्र नं २ का सांंसद प्रेमबहादुर महर्जन, वाग्मती प्रदेशसभाका पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्य, बागमती प्रदेशका सदस्य रामेश्वर श्रेष्ठ, रामकृष्ण चित्रकार, ललितपुर महानगरपालिकाका उपमेयर मञ्जली शाक्य, पूर्वसांसद सुजिता शाक्य, पूर्वप्रदेश सभासदस्य शोभा शाक्य, प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्य, ललितपुरका प्रमुख जिल्ला अधिकारी रमेश ढकाल, नेपाल कांग्रेस वाग्मती प्रदेशसभाका सभापति इन्द्र बानिया, नेपालभाषाका साहित्यकार यज्ञरत्न धाख्वा, बौद्ध विदूर्षी अमिता धाख्वा ललितपुर महानगरपालिका – १६ वडाका वडाअध्यक्ष निर्मलरत्न शाक्य, नेपाल हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्य, हिरण्यवर्ण महाविहार सुधार समितिका अध्यक्ष पुष्पराज शाक्य लगायतले मन्तव्य राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ महिनासम्म गर्नुभएन, अहिले ७ दिनमा के पल्टिन्छ ?
-
कुनै पनि बहानामा सरकार ढल्दैन : अर्थमन्त्री पौडेल
-
नेपाली खो-खो टोलीलाई राष्ट्रिय स्वतन्त्र पार्टीको सम्मान
-
अस्ट्रेलियासँग हारेसँगै उपाधि होडबाट बाहिरियो नेपाल
-
कोशी प्रदेश सभा : संविधान प्रदत्त अधिकार व्यवस्थित गर्न ऐन संशोधन
-
काभ्रेमा विश्व युवा सम्मेलन हुँदै