सिस्नुपानीको ‘देउसी भैलो’ मा राजनीतिक नेतादेखि भ्रष्टाचारसम्मलाई प्रहार
काठमाडौँ । सिस्नुपानी नेपालले विगतका वर्ष झैँ यो वर्ष पनि ‘देउसी भैलो’ कार्यक्रम आयोजना गरेको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा कलाकारले राजनीति, सहकारी प्रकरण, भ्रष्टाचारदेखि विभिन्न जनचासोका समसामयिक विषयसम्म गीत, कवितादेखि देउसी भैलोसम्मले व्यङ्ग्य प्रहार गरे ।
प्रधानमन्त्री केपी ओली प्रमुख अतिथि रहेको कार्यक्रममा उनकी श्रीमती राधिका शाक्य, पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराईदेखि वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य लगायत मन्त्री, पूर्वमन्त्री, सांसद र विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो ।
कार्यक्रममा सिस्नु पानी नेपालका कवि लक्ष्मण गाम्नागेले ‘फेरि जन्मनुपर्ने भयो’ शीर्षकको कविता प्रस्तुत गरेका थिए । उनको कवितामा भ्रष्टाचार, कालोबजारी, घुसखोरी नेता जस्ता समाजका नकारात्मक पात्रप्रति व्यङ्ग्य थियो । उनले ती पात्रलाई जीवन अनुभूति गर्न अर्को जन्म लिन मन लागेको भन्दै व्यङ्ग्यात्मक कविता पस्किएका थिए ।
कलाकारद्वय यमन श्रेष्ठ र राजाराजेन्द्रले प्यारोडी गीतको संयुक्त प्रस्तुति दिए । उनीहरुले प्यारोडीमार्फत सहकारी ठगी प्रकरण जस्ता सामाजिक मुद्दा र समसामयिक राजनीतिक व्यङ्ग्यात्मक गीत प्रस्तुत गरेका थिए ।
टङ्क आचार्य र धिरेन्द्र प्रेमर्षीको समूहले खेलेको देउसीमा वर्षभरका मुख्य राजनीतिक, समसामयिक घटनाबारे घोचपेच मिसाइएको थियो । देउसीको घोचपेचमा नेताहरुले पनि निकै रमाइलो मानेर हेरेका थिए ।
कार्यक्रममा वरिष्ठ कलाकार मनोज गजुरेल ताप्लेजुङका वृद्ध व्यक्तिको चरित्रमा देखिए । मनोजको समूहले भने खैजडी भजन नृत्य प्रस्तुत गरेको थियो ।
कार्यक्रमलाई लिएर नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले असन्तुष्टि व्यक्त गरेका छन् । व्यवसायी मीनबहादुर गुरुङले एमालेलाई दिएको १० रोपनी १४ आना दाने जग्गाको विषयलाई लिएर एमाले र सरकारलाई व्यङ्ग्य गरेको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका हुन् ।
सिस्नुपानी नेपालले सन्तुलन मिलाएर व्यङ्ग्य नगरेको भन्दै उनले अदालतले प्रथम दृष्टिमै गलत रहेको भनिसकेको विषयमा व्यङ्ग्य गरिरहनुपर्ने धारणा राखे । उनले भने, ‘अरू कुन पार्टी छ त्यस्तो जो बिना चन्दा पार्टी कार्यालय बनाएको छ ? कोही एक दुई जनाको चन्दाले बनेका होलान्, कोही आठ १० जनाको चन्दाले बनेका होलान् ? ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनआरएनएको एकता महाधिवेशन गराउन भन्दै अघि बढे घले, कार्यविधि पारित
-
बढुवा भएका २५ एसएसपीलाई दर्ज्यानी चिन्ह प्रदान
-
भारतमा पुष्पक रेल दुर्घटना : मृत्यु हुनेको संख्या ११ पुग्यो
-
सर्वत्र आलोचनापछि पासाङलाई उपाध्यक्ष बनाउने प्रचण्डको योजना स्थगित
-
अर्शदीप सिंहले रचे इतिहास
-
‘समयसापेक्ष पत्रकारको न्यूनतम तलब निर्धारण हुनुपर्छ’