युक्रेनमा ’विजय’ नभएसम्म रूसको साथमा रहने उत्तर कोरियाको घोषणा

मस्को । युक्रेनमा रूसको विजय नभएसम्म उत्तर कोरिया रुसको साथमा रहने विदेश मन्त्री चो सोन हुईले शुक्रबार मस्कोमा घोषणा गरेका छन् । यस अघिनै अमेरिकाले आगामी दिनमा युक्रेन द्वन्द्वमा हजारौं उत्तर कोरियाली सेना सहभागी हुनसक्ने चेतावनी दिएको छ ।
अमेरिका र दक्षिण कोरियाले दश हजार उत्तर कोरियाली सैनिकहरू रूसमा प्रशिक्षण लिइरहेको उनीहरु र रूसको पक्षमा लडाँइमा सहभागी हुने बताउँदै आएका छन् ।
वासिङ्टन र सियोलले उत्तर कोरियालाई आफ्नो सेना फिर्ता लिन चेतावनी दिएका छन् भने केही सेना कुर्स्क सीमा क्षेत्रमा पुगेको अमेरिकी गुप्तचरले जनाएको छ । “विजयसम्म सधैँ रुसी सेनासँग दृढतापूर्वक उभिने विदेश मन्त्री चो सोन हुईले रूसी समकक्षी सर्गेइ लाभ्रोभसँगको वार्तापछि मस्कोमा घोषणा गरेका हुन् ।
उनले उत्तर कोरियालाई राष्ट्रपति भ्लादिमिर पुटिनको “बुद्धिमानी नेतृत्व“ मा कुनै शङ्का नभएको र प्योङयाङसँग आपसी सहयोग सम्झौतामा हस्ताक्षर गरेको बताउदै सम्बन्ध सक्षम बनाएको उल्लेख गरेका छन् ।
उनले उत्तर कोरियाले आणविक हतियारको विकास जारी राख्ने वाचा गरेका छन् भने प्योङयाङले सैन्य सहयोगको बदलामा रूसबाट आणविक प्रविधि चाहेको आशङ्का गरिएको छ ।
रूसी विदेशमन्त्री लाभ्रोभले दुई देशका “सेना र विशेष सेवाहरू“ बीचको “घनिष्ठ सम्बन्ध“ को प्रशंसा गर्नु भएको छ भने युक्रेनमा उत्तर कोरियाको सहयोगका लागि रूस आभारी“ रहेको बताएका छन् ।
सन् २०२२ फेब्रुअरी मा सुरु भएको रूस युक्रेन आक्रमणले पश्चिमसँगको सम्बन्ध तोडेको छ भने उत्तर कोरिया र इरान रूसको समर्थकका रूपमा देखा परेका छन् । लाभ्रोभले पुटिनको जुलाईको प्योङयाङ भ्रमणले सम्बन्धको “नयाँ चरण“ सुरु गरेको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अख्तियार र सीआईबीको कर्मचारी भन्दै ठगी गरेको आरोपमा युवक पक्राउ
-
‘ट्रेडमार्क र पेटेन्टको मुद्दामा आउने विवादबारे सरकारले विशेष कानुनी व्यवस्था गर्नुपर्छ’
-
आउ, सँगसँगै शिक्षक आन्दोलनमा जाऔँ
-
कलैयाको योगशिला अस्पताल बन्द गर्न मुख्यमन्त्रीको निर्देशन
-
पिटर र गियोङ्गमिन पार्कलाई एसिया ट्राइयाथलन कप उपाधि
-
स्याललाई हात्ती बनाएपछि