एमालेले गर्यो कीर्तिपुर नगर प्रमुख उम्मेदवारमा मानन्धरको नाम सिफारिस
शुक्रबार, १६ कात्तिक २०८१, २० : ०१

काठमाडौँ । नेकपा (एमाले)ले मंसिरमा हुने उपनिर्वाचनका लागि कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा डा सुरेन्द्र मानन्धरलाई उम्मेदवार बनाउन सिफारिस गरेको छ ।
एमाले कीर्तिपुर नगर कमिटीको शुक्रबार बसेको बैठकले डा मानन्धरलाई सर्वसम्मत उम्मेदवार बनाउन सिफारिस गरेको एमाले काठमाडौँ जिल्ला कमिटी अध्यक्ष दीपक निरौलाले जानकारी दिए । डा मानन्धर एमाले केन्द्रीय सदस्यसमेत हुन् ।
नगर कमिटीबाट सिफारिस भई आएको नामलाई जिल्ला कमिटीले अनुमोदनका लागि प्रदेश कमिटीमा पठाउने र प्रदेश कमिटीले नै उम्मेदवारको अन्तिम टुङ्गो लगाउने छ । कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको निधन भएपछि उक्त पद रिक्त भएको हो । उपनिर्वाचन आगामी मङ्सिर १६ गते हुने तय भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीका ७१८ वडालाई वर्गीकरण गरेर विषादी प्रयोगमा कडाई
-
ला लिगामा सेल्टा भिगो र लस पल्मसले अंक बाँडे
-
धर्मामा बसेका कर्मचारीको आँखा छलेर मध्यरातमा प्रदेश निजामती विधेयक पारित
-
उत्खननका क्रममा महाभारतकालीन ‘दरबारको जग’ भेटियो
-
बस्तीबाट बेहोस पारेर नियन्त्रणमा लिइएको बाघलाई निकुञ्जमा छाडिने
-
आईपीएल क्रिकेटमा मुम्बईको पहिलो जित, पुछारमा धकेलियो कोलकाता