भिटामिन ई क्याप्सुलमा यी चिज हालेर हप्ताको ३ दिन अनुहारमा लगाउनुहोस्
काठमाडौँ । अनुहारमा प्राकृतिक चमक ल्याउन बजारमा धेरै उत्पादनहरू उपलब्ध छन्, तर प्राकृतिक सामग्रीबाट बनेको स्किनकेयर सधैँ प्रभावकारी र सुरक्षित हुन्छ । भिटामिन ई छालाको लागि धेरै लाभदायक तत्त्व हो ।
छालाको लागि भिटामिन ई क्याप्सुलका फाइदाहरू आश्चर्यजनक छन् । यदि तपाईँले भिटामिन ई क्याप्सुलमा केही प्राकृतिक चीजहरू मिसाएर अनुहारमा लगाउनु भयो भने यसले छालाको बनावटमा सुधार ल्याउनुका साथै प्राकृतिक चमक पनि ल्याउनेछ । के–के हुन् यी तीन चिज ?
भिटामिन ई र एलोभेरा जेलको मिश्रण:
भिटामिन ई क्याप्सुल र एलोवेरा जेलको मिश्रण छालाको लागि उत्तम मोइस्चराइजर हुन सक्छ । एलोभेरामा रहेको एन्टिअक्सिडेन्ट र भिटामिन ईले छालालाई गहिरो पोषण दिन्छ । यो मिश्रणले छालालाई हाइड्रेट गर्छ, छालाको चमक बढाउँछ र पिम्पल वा कालो दाग पनि कम गर्छ ।
प्रयोग विधि:
– भिटामिन ई क्याप्सुल लिनुहोस् र त्यसबाट तेल निकाल्नुहोस् ।
– एक चम्चा एलोवेरा जेल थप्नुहोस् ।
– यो मिश्रणलाई राम्ररी मिलाएर अनुहारमा हल्का मसाज गर्नुहोस् ।
– १५–२० मिनेटपछि मनतातो पानीले धुनुहोस् ।
भिटामिन ई र मह मिश्रण
महमा एन्टी–ब्याक्टेरियल र मोइस्चराइजिङ गुण हुन्छ । यसले छालालाई मोइस्चराइज त गर्छ नै पोषण पनि दिन्छ । मह र भिटामिन ई मिसाएर अनुहारमा लगाउनाले अनुहारको डलनेस कम हुन्छ र छालामा प्राकृतिक चमक ल्याउँछ ।
प्रयोग विधि:
– भिटामिन ईको एउटा क्याप्सुलको तेल निकाल्नुहोस् ।
– यसमा आधा चम्चा मह मिसाउनुहोस् ।
– यस मिश्रणलाई अनुहारमा लगाउनुहोस् र १० मिनेटको लागि छोड्नुहोस् ।
– त्यसपछि मनतातो पानीले धुनुहोस् ।
भिटामिन ई र नरिवल तेल मिश्रण
नरिवलको तेलले छालाका कोशिकाहरूलाई गहिरोसँग हाइड्रेट गर्छ र भिटामिन ईसँग मिलेर यो मिश्रणले छालालाई नरम र स्वस्थ बनाउँछ । यो विशेष गरी सुख्खा छालाको लागि लाभदायक छ र अनुहारमा प्राकृतिक चमक ल्याउन प्रयोग गर्न सकिन्छ ।
प्रयोग विधि:
– भिटामिन ईको एउटा क्याप्सुल लिनुहोस् र यसको तेल निकाल्नुहोस् ।
– यसमा आधा चम्चा नरिवलको तेल हाल्नुहोस् ।
– यस मिश्रणले अनुहारमा हल्का मसाज गर्नुहोस् र रातभर छोड्नुहोस् ।
– बिहान उठ्ने बित्तिकै अनुहार धुनुहोस् ।
हप्तामा कति पटक लगाउने ?
तपाईँले यीमध्ये कुनै पनि एउटा मिश्रण हप्तामा २/३ पटक प्रयोग गर्न सक्नुहुन्छ । यसको नियमित प्रयोगले छालाको चमक र नमी कायम राख्न मद्दत गर्दछ । तपाईंको अनुहारमा प्राकृतिक चमक दिन्छ । यी सरल र प्राकृतिक विधिहरूको साथ तपाईं कुनै पनि साइड इफेक्ट बिना प्राकृतिक चमक प्राप्त गर्न सक्नुहुन्छ ।